चरिकोट (दीस) ः दोलखाको भीमेश्वर नगरपालिका–२ राम्पास्थित प्रगति बचत तथा ऋण सहकारी संस्थाको २६औँ वार्षिक साधारणसभा नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले प्रकाश सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो। निर्वाचन समितिका अनुसार उपाध्यक्षमा देवमणी सुवेदी, सचिवमा रामप्रसाद दाहाल, सहसचिवमा नारायण कार्की, र कोषाध्यक्षमा तुलसा मैनाली चयन हुनुभएको छ । साधारणसभाको उद्घाटन बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवशराज खड्काले गर्नु भएको थियो । उहाँले प्रगति साकोसले नियम र आर्थिक अनुशासन पालना गरेकाले सुरक्षित सहकारीको रुपमा स्थापित भएको बताउनु भयो । साधारणसभा निवर्तमान अध्यक्ष जगतप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला सहकारी संघका महासचिव दिलबहादुर केसीले दोलखाका सहकारीहरू अन्य जिल्लाको तुलनामा सुरक्षित रहेको बताउँदै संघले सहकारीहरूको आर्थिक अनुशासनमा काम गर्दै आइरहेको उल्लेख गर्नुभयो । दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष नारायण श्रेष्ठले दोलखाका सहकारीहरू समुदायमा आधारित भएकाले सुरक्षित रहेको र ढुक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो। साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीको कुल पूँजी ७ करोड ३० लाख ४ हजार ३८० रुपैयाँ रहेको छ। शेयर पूँजी ६५ लाख २ हजार ८ सय रुपैयाँ रहेको सहकारीले जनाएको छ। साकोसका कुल १६९४ जना सदस्यमध्ये १ हजार २१७ जना शेयर सदस्य र ४ सय ७७ जना बाल सदस्य रहेका छन्। साधारणसभाको अवसरमा दीक्षण दैनिकका सम्पादक श्रृजन कुमार घिमिरेलाई नगद ५ हजार रुपैयाँ र सम्मानपत्रसहित सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । साधारण सभामा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ट व्यवसाय सञ्चालन गर्ने सदस्य, चार जना ज्येष्ठ सदस्य, र एसईईमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
Posted By: दीक्षण दैनिक ९ मंसिर २०८१, आईतवार १९:१०
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न"