नगरवासीलाई भेरोसिल खोप

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ १०
दोलखाको दुई नगरपालिकाका ३० वर्ष माथिका नागरिकले कोभिड १९ विरुद्धको खोप लगाउन पाउने भएका छन् । जिल्ला कोभिड १९ समन्वय समितिको ९ गते सम्पन्न बैठकले भीमेश्वर र जिरी नरपालिका बसोबास गर्ने नागरिकलाई खोप दिने निर्णय गरेको हो । शुक्रबारदेखि ३० बर्ष माथिका सबै नागरिकलाई भेरोसिलको पहिलो डोज लगाउने कार्यक्रम स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो । खोप कार्यक्रम भदौ १३ गतेसम्म सञ्चालन हुने बताइएको छ । प्रमुख पौडेलका अनुसार भीमेश्वरमा चार हजार र जिरीमा एक हजार ४ सय जनालाई खोप लगाइने लक्ष्य राखिएको छ । खोप लगाउनका लागि लक्षित समुहले उमेर खुल्ने सरकारी कागजात साथमा लिएर निर्धारित खोप केन्द्रमा उपस्थित हुनका लागि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप लगाउन आउँदा तोकिएको स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्नुपर्ने बताइएको छ ।

Shares

Be the first to comment on "नगरवासीलाई भेरोसिल खोप"

Leave a comment

Your email address will not be published.


*