भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण शिविर राख्ने भएको छ । नगरले घरपालुवा कुकुरहरुको संख्या कम गर्न पोथी कुकुरको बन्ध्याकरण शिविर राख्ने भएको हो । कार्तिक चार गते देखि सात गते सम्म नगरपालिका परिसरमा पोथी कुकुरको बन्ध्याकरण शिविर राखिएको भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईंले जानकारी दिनुभयो । शिविरमा वडा नम्बर एक देखि नौ सम्मका घरपालुवा तथा सामूदायिक पोथी कुकुरहरुको बन्ध्याकरण गरिने तथा रेविज विरुद्ध खोप लगाइने छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने"

Leave a comment

Your email address will not be published.


*