धावा वाङ्गेल पार्क निर्माण हुने

दीक्षण समाचार /चरिकोट, –दोलखाको शैलुङ गाउँपालिका– ७ का स्वर्गीय वडाध्यक्ष धावा वाङ्गेल लामा (प्रेम मोक्तान) को सम्झनामा पार्क निर्माण गरिने भएको छ । गत वर्ष कोरोनाको कारण ५६ वर्षको उमेरमा निधन हुनुभएका लामाको स्मृति र सम्मानमा वडा नम्बर ८ स्थित कालापानीमा पालिकाले पार्क निर्माण गर्ने भएको हो । पार्क निर्माण गर्न चालु आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । यसको लागि टेन्डर आह्वान भईसकेको पालिकाका सूचना अधिकारी ठमिरप्रसाद घिमिरेले जानकारी दिनुभयो । कोरोना संक्रमित लामालाई निमोनिया र प्रेसरको समस्या भएपछि किष्ट अस्पतालमा भर्ना गरिएको थियो । यद्यपि उपचारकै क्रममा उहाँको मंसिर २९ गते निधन भएको थियो । अत्यन्तै भद्र, शालिन तथा इमान्दार छवि भएका लामा नेपाल कम्युनिष्ट पार्टी दोलखाका जिल्ला कमिटी सदस्य, नेपाल तामाङ घेदुङ संघका सचिवालय सदस्य, लोकतान्त्रिक तामाङ संघका उपाध्यदक्ष समेत हुनुन्थ्यो ।

Shares

Be the first to comment on "धावा वाङ्गेल पार्क निर्माण हुने"

Leave a comment

Your email address will not be published.


*