दोेलखा प्रहरीले रोक्यो बालबिवाह

चरिकोट (दीस)– दोेलखा प्रहरीले हँुदै गरेको बालविवाह रोकिएको छ । आज दिउँसो जिल्लाको तामाकोसी गाउँपालिकामा करिव १ बजे १८ वर्षिया बालक र १७ वर्षिया बालिकाको बिवाह रोकेको छ ।उमेर नपुगेका वर बधु एक अर्कासँग विवाह गरेको जानकारी प्रहरीलाई प्राप्त भएको र खबर प्राप्त हुना साथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जनाको टोली र आफन्तले खोजतलास गरी बिवाह बदर गरेको प्रहरीले बताएको छ । सम्बन्धित वडा कार्यालयमा छलफल गराई वडा कार्यालयले कागज समेत गरी उनिहरु दुबैलाई आ–आफ्नो अभिभावकलाई जिम्मा लगाई पठाईएको हो । २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह स्वत बालविवाह हुने भएकाले विवाह बदर गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिए । नेपाल कानुनले बर बधुको बिबाहको लागि २० बर्ष हुने पर्ने मुलुकी ऐनले व्यवस्था गरेको छ । नयाँ ऐनले ब्यवस्था अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११, को दफा १ सय ७३ मा विबाह गर्ने व्यक्तिको उमेर बिस बर्ष नपुगी कसैले बिबाह गर्न वा गराउन नहुने, बिवाह भएमा स्वत बदर हुने र बिस वर्ष नपुगि विवाह गर्ने व्यक्तिलाई तिन बर्ष सम्म कैद र तिस हजार रुपैया सम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

Shares

Be the first to comment on "दोेलखा प्रहरीले रोक्यो बालबिवाह"

Leave a comment

Your email address will not be published.


*