चरिकोट– प्रदेश नम्वर ३ का अर्थमन्त्री कैलास ढुङगेलले दोलखा प्रदेश ३ नम्वर प्रदेशको पर्यटकिय जिल्ला भएको बताएका छन । जिल्ला सहकारी संघ दोलखाको १३ औ वार्षिक साधारण सभाको शनिबार सदरमुकाम चरिकोटमा उद्धघाटन गदै ढुङगेलले दोलखा देशको नै चौथो पर्यटकिय जिल्ला भएको बताए ।
देशको नै काठमाडौ पहिलो ,दोस्रो पोखरा , तेस्रो चितवन र चौथो दोलखा पर्यटकिय गन्तव्य जिल्ला भएको मन्त्री ढुङगेलको भनाई रहेको छ । दोलखाको पर्यटक प्रवर्धन गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । अर्थ मन्त्री ढुङगेलले दोलखा सरकारीको उरभर भुमि भएको पनि बताए । दोलखाको ३ वटा सहकारीले एसियाली मापदण्ड अन्र्तगत एक्सेस ब्राड पुरा गर्नु गौरब विषय भएको बताए । साधारण सभा बोल्दै पुर्व राज्य मन्त्री देवी खडकाले सहकारीहरुले जनजीविका सवालमा काम गर्नु पर्ने बताइन । नेकपा केन्द्रिय सदस्य एवंम प्रदेश सभाका सदस्य पशुपति चौलागाईले दोलखामा सहकारी जनताको सराथी भएको बताए । सरकारी मार्फत दोलखामा ७ अरब पचास करोड पँुजी परिचालन हुनू आफैमा गौरव विषय भएको चौलागाईको भनाई रहेको छ ।
जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले संघमा दोलखाका ५२३ सरकारी आवद्ध भएको बताए । स्वदेशमा उद्योग धन्दा स्थापना गर्न सहकारीको भुमिका हुनु पर्ने उनको भनाई रहेको छ ।
साधरण सभामा महासचिब देवी चौलागाई सन्चालक समितिको प्रतिवेदन तथा आर्थिक बर्ष २०७४÷२०७५को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Be the first to comment on "दोलखा ३ नम्वर प्रदेशको पर्यटकिय जिल्ला हो – मन्त्री ढुङगेल"