दोलखा हुने भयो प्रदेशस्तरीय भलिबल ठुलो प्रतियोगिता

दीक्षण समाचार
चरिकोट–नेपाली कांग्रेसका पुर्व सभापति एवं पूर्व प्रधानमन्त्री पुरुष स्वः गिरिजा प्रसाद कोइरालाको स्मिृतीमा ३ नम्बर प्रदेशस्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता दोलखाको सिंगटीमा हुने भएको छ ।
बिगु गाउँपालिका ४ लादुक स्थित सयपत्री युवा क्लबको आयोजनामा हुन लागेको भलिबल प्रतियोगितामा ३ नम्बर प्रदेशका इच्छुक सबै संघ संस्था एबं क्लबहरु सहभागी हुन पाउने आयोजकले जनाएको छ । आउँदो फागुन २४ गतेबाट सिंगटी स्थित टुडिखेल मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको फागुन २७ गते समापन हुने आयोजक समितिका अध्यक्ष बिरेन्द्र कटुवालले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु २ लाख १५ हजार सिल्ड मेडल र प्रमाणपत्र द्धितियलाई नगद १ लाख र तृतिय हुने समुहलाई ५० हजार पुरस्कार वितरण गरिने अध्यक्ष कटुवालले जानकारी दिएका छन । यो नै दोलखामा भएको अहिलेसम्मको सर्वाधिक राशीको प्रतियोगिता हुने उनले दाबी गरे ।

Shares

Be the first to comment on "दोलखा हुने भयो प्रदेशस्तरीय भलिबल ठुलो प्रतियोगिता"

Leave a comment

Your email address will not be published.


*