दोलखा महोत्सवको तयारी तिब्र

चरिकोटः बृहत दोलखा महोत्सवको तयारी तिब्र पारिएको छ । बृहत दोलखा महोत्सव २०८० नजिकिएसँगै महोत्सवको तयारीलाई तिब्र पारिएको हो । “दोलखा महोत्सवको दिब्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टी” नारासहित पुष १३ गते बाट सुरु हुन लागेको दस दिने बृहत दोलखा महोत्सवको उदघाटनको दिन आउनै लाग्दा दोलखा महोत्सवको तयारी तिब्र पारिएको दोलखा उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
महोत्सवको तयारी स्वरुप चरिकोट बजार सजावटको काम सकिएको तथा महोत्सव आयोजना स्थल भीमेश्वर रंगशालामा मुख्य गेट निर्माण तथा स्टल निर्माण को काम द्रुत गतिमा भइरहेको दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेस उप्रेतिले जानकारी दिनुभयो । महोत्सवको तयारी अन्तर्गत जिल्लाका नौ वटै स्थानीयतहहरु एवं अन्य सरोकारवालाहरुसँग परामर्श बैठकहरु सञ्चालन लगायत अन्य आवश्यक तयारी भइसकेको महासचिव उपे्रतिको भनाई रहेको छ । महोत्सवको अवलोकन पचास हजार भन्दा बढीले गर्ने दोलखा उद्योग वाणिज्य संघको विश्वास रहेको छ ।
महोत्सवका लागि १५० स्टल तयार भइरहेकोमा सबै स्टलहरु बुक भइसकेको आयोजक दोलखा उद्योग वाणिज्य संघका सचिव प्रविण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव पुष १३ गते देखि पुष २२ सम्म संञ्चालन हुने छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नु हुने दोलखा उद्योग वाणिज्य संघले बताएको छ । महोत्सवमा स्थानीय उत्पादनका विक्री कक्षहरु, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरु संञ्चालन गरिने सचिव श्रेष्ठको भनाई रहेको छ । महोत्सवले दोलखाको आर्थिक कृयाकलापमा बृद्धि गर्न मद्दत गर्ने दोलखा उद्योग वाणिज्य संघको विश्वास रहेको छ । यसै विच मंगलवार काठमाडौंमा अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले महोत्सवको तयारीका बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जनकारी दिनुभएको दोलखा उद्योग वाणिज्य संघले बताएको छ ।

Shares

Be the first to comment on "दोलखा महोत्सवको तयारी तिब्र"

Leave a comment

Your email address will not be published.


*