दोलखा भीमेश्वर मन्दिरमा पसिना आएसँगै क्षमापूजाका लागि महाप्रसाद राष्ट्रपतिकार्यालयमा पठाइने

चरिकोट (दीस) । स्वदेशमा तथा िबदेशमा समेत  प्रसिद्ध धार्मिक स्थल दोलखा जिल्लाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा आज पसिना आएको छ । आज दिउँसो १ः४३ बजेदेखि ३ बजर ५४ सम्म पसिना आएको सो वडाका वडा अध्यक्ष बिराज श्रेष्ठले जानकारी दिए । सोे अबधीमा पटक ÷पटक मन्दिरको शिलामा  पसिना  आएको उनले जानकारी दिएका छन् । आज आएको पसिना १८ औ पटक हो । आज मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको थियो । । दोलखा भीमेश्वर मन्दिरमा पसिना आएमा देशमा तथा विश्वमा ठुलो परिर्बतन हुने बिश्वास गरिएको छ । देशमा यस अघि पनि पसिना आउदा देशमा ठुला घटना हुने गरेको स्थानीयहरुको भनाइ छ । भीमेश्वरमा पसिना आएको थाहा पाएपछि भक्तजनहरु भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने, र बाजागाजा बजाएर शान्तिको कामना गरेका थिए । तत्कालिन समयमा भिमेश्वरलाई पसिना आउदा राज परिवारवाट क्षमा पुजा गर्ने चलन रहेको थियो । हाल भीमसेनको शिलालाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालयमा पठाउने गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले पसिना आएको कपास भोली राष्ट्रपति कार्यालयमा पठाउने बताएको छ । प्रशासनले पसिना आएको खबर प्राप्त्त हुना साथ जिल्ला सुरक्षा समिति तथा मन्दिर गुठी व्यबस्थापन समितिको सयुक्त बैठक बसि राष्ट्रपति कार्यालयमा माहा प्रसाद पठाउने चलन रहेकोले भोली माहप्रसाद कार्यालयमा पठाउने बताएको छ । मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीयले बताए । भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ ।सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन्

Shares

Be the first to comment on "दोलखा भीमेश्वर मन्दिरमा पसिना आएसँगै क्षमापूजाका लागि महाप्रसाद राष्ट्रपतिकार्यालयमा पठाइने"

Leave a comment

Your email address will not be published.


*