दोलखा भीमेश्वर मन्दिरकाे शिलामा पसिना प्रजिअ शर्मासहितकाे टाेली पुगे मन्दिर

 

इश्वर बिश्वकर्मा

फागुन ८
दोलखाको प्राचिन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको छ । बिहीबार बिहान  साँढे ६  बजेबाट मन्दिरकाे शिलामा पसिना अाएकाे मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताए। मन्दिरका शिलामा पसिना देखिएकाले पुजा आज गरिदैँ गरिएको स्थानीय शिवजी प्रधानले बताए । भीमेश्वरको चट्टान (शिला)को विभिन्न भागमा पानीको थोपा निस्कदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित टाेली बिहान ७ बजे मन्दिर स्थल पुगेका छन् । उहाँका अनुसार बिहान ७ बजेर २५ मिनेटमा शिलामा  पसिना अाएकाे हाे । अहिले मन्दिरमा अत्याधिक भिड रहेकाे उनले बताए ।

सकारात्मक वा नकारात्मक परिवर्तनहरु, अनष्टका घटनाहरुको पूर्वसूचकको रुपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजनहरु भेला भएर घण्टी बजाउने, धूप बत्ति गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले हम्कने गर्छन् ।

Shares

Be the first to comment on "दोलखा भीमेश्वर मन्दिरकाे शिलामा पसिना प्रजिअ शर्मासहितकाे टाेली पुगे मन्दिर"

Leave a comment

Your email address will not be published.


*