दोलखा: भीमेश्वर नगरपालिका-७ का विद्यार्थीलाई न्यानो टोपी वितरण

दोलखा। भीमेश्वर नगरपालिका वडा नम्बर ७ का विद्यार्थीहरूलाई जाडो मौसममा सहजताका लागि न्यानो टोपी वितरण गरिएको छ।

वडा अध्यक्ष विनोद तामाङको पहलमा वडा कार्यालय र कोच नेपालको समन्वयमा वडा भित्रका करिब ९ सय विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई न्यानो कपडा वितरण गरिएको हो।

कार्यक्रममा कोच नेपालका प्रमुख सिमोन खत्रीले विद्यार्थीहरूलाई न्यानो टोपी वितरण गर्नुभयो। जाडो मौसममा पठनपाठनमा सहजता ल्याउने उद्देश्यले टोपी वितरण गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो।

विभिन्न सामाजिक कार्य गर्दै आएको कोच नेपालले आगामी दिनहरूमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर र उपप्रमुख कमला बस्नेतले सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो।

सो अवसरमा सबिता होल्डिङकी अध्यक्ष सबिता पाण्डे, समाजसेवी मिलन पाण्डे, लजना देशारलगायत स्थानीयहरूको भव्य उपस्थिति रहेको थियो।

4o
Shares

Be the first to comment on "दोलखा: भीमेश्वर नगरपालिका-७ का विद्यार्थीलाई न्यानो टोपी वितरण"

Leave a comment

Your email address will not be published.


*