दोलखा प्रहरीले सुरु गर्यो ’फाईट व्याक’ अभियान

चरिकोट, –मुलुकभर बालबालिका र किशोरीहरुमाथी बढ्दै गईरहेको यौनजन्य हिंसा तथा बलत्कारका घट्नालाई रोकथाम गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउने उद्देश्यका साथ दोलखा प्रहरीले ’फाइट व्याक’ सुरु भएको छ । जिल्लाका बालबालिकालाई यौनजन्य अपराधबाट टाढा राख्न र सजकता अपनाउनका लागि सिविन नेपालको सहयोगमा दोलखा प्रहरीले ‘फाइट व्याक प्रहरी साथमा छ’ कार्यक्रम सञ्चालन गरेको हो ।
१५ दिन सम्म चल्ने उक्त कार्यक्रममा यौन दुव्र्यवहार भनेको के हो, कस्ता व्यवहार यौन दुव्र्यवहार भित्र पर्दछन, यौन दुव्र्यवहार वा यौन हिंसा गरेमा हुने कानुनी सजाय, अभिभावक सचेत हुनुपर्ने कुराहरु र बालबालिका किशोरीहरु स्वयम् कसरी आफै सुरक्षित रहने भन्ने बिषयहरुमा जानकारी गराइने दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । उनका अनुसार कार्यक्रममा जबर्जस्ती करणी ठहरीने व्यवहार र त्यस सम्बन्धि सजायको जानकारी समेत गराइनेछ । शनिबार सदरमुकाम चरिकोटबाट सुरु भएको कार्यक्रम ‘फाइट व्याक’मा जिल्ला भरिका ४ सय भन्दा बढी विद्यार्थीहरु उपस्थित थिए ।
असोज २० गतेसम्म सञ्चालन हुँने कार्यक्रममा जिल्लाका विभिन्न बिद्यालयमा गएर फोटो तथा भिडियो मार्फत बिद्यार्थीहरुलाई यौन दुव्र्यवहार वा यौन हिंसा बारे जानकारी तथा सजकता गराइने र आत्मा रक्षाका तरिकाहरु सिकाइने दोलखा प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखा प्रहरीले सुरु गर्यो ’फाईट व्याक’ अभियान"

Leave a comment

Your email address will not be published.


*