दोलखा प्रहरीद्धारा सेफ्टी पिन अभियान

चरिकोट (दीस) –दोलखामा सेफ्टी अभियान सञ्चालनमा रहेको छ । सार्वजनिक सवारी साधनमा महिला माथी हुने यौनजन्य तथा अन्य हिंसा बिरुद्ध सेफ्टी पिन अभियान सञ्चालन गरिएको हो । प्रहरीले सार्वजनिक यातायातका साधनमा प्रहरी परिचालन गरी सुरक्षित यात्रा र महिला मैत्री बनाउन अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
यात्राका क्रममा महिला माथी हुने कुनै पनि दुव्र्यबहारलाई रोक्न प्रहरी र ट्राफिक प्रहरीले यातायात व्यवसायीहरुसँगको समन्वयमा उक्त अभियान सञ्चालन गरेको हो । महिलाले सार्वजनिक यातायातमा यौनजन्य हिंसा भोग्न बाध्य भएर पनि धेरै जसोले प्रहरीकहाँ रिपार्ट गर्दैनन् । त्यसैले दुव्र्यहार भएको खण्डमा प्रतिकार वा प्रहरी र सम्बन्धित निकायमा जानकारी गराउनुपर्छ भन्ने सचेतनाका लागि अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाकी प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले बताइन् ।
सार्वजनिक गाडीमा यात्राको क्रममा अनावश्यक टासिने, संवेदनशिल अँगहरु छुन खोज्ने, होहल्ला गर्ने, अश्लिल शब्दहरु बोल्ने लगायतका हिंसाजन्य कार्यहरु हुने गरेको छ । त्यस्ता कार्यहरुलाई रोक्न उक्त अभियान चलाइएको उनले बताइन् । दोलखा प्रहरीले अभियान अन्र्तगतको सचेतना मूलक गतिविधीमा महिला अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था तथा अधिकारकर्मीलाई सहभागी भई अभियानलाई सफल बनाउन अनुरोध गरेको छ । उक्त अभियानमा ट्राफिक प्रहरी र प्रहरीले सार्वजनिक यातायायतका साधनमा छड्के अनुगमन र निरीक्षण गर्ने गरेको ट्रापिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब निरीक्षक भानुभक्त नेपालले बताए । साथै यातायातको साधनमा किशोरी, युवती तथा महिला माथी हिंसा भएको खण्डमा तत्काल प्रहरीलाई सुचना दिएको खण्डमा हिंसाको प्रकृति हेरी हिंसामा संलग्न व्यक्तीलाई कारबाही गरिने ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नेपालले बताए ।

Shares

Be the first to comment on "दोलखा प्रहरीद्धारा सेफ्टी पिन अभियान"

Leave a comment

Your email address will not be published.


*