दोलखा प्रशासनको निर्देशनः हातहतियार बुझाउनु

दीक्षण समाचार
चरिकोट, चैत्र १९
जिल्ला प्रशासन कार्यालय दोलखाले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी हातहतियार बुझाउन अनुरोध गरेको छ । निर्वाचनमा सुरक्षा चुनौती देखिने भएकोले इजाजत प्राप्त हातहतियार चैत्र ३० गते भित्र बुझाउन सूचना मार्फत अनुरोध गरिएको हो । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउनका लागि सुरक्षा सर्तकताका गतिविधिहरु भईरहँदा व्यक्तिले लाइसेन्स लिएर राखेका हातहतियार चुनौति बन्ने देखिएकोले बुझाउन प्रशासनले अनुराेध गरेकाे छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमा गई सम्बन्धित व्यक्तिले हात हतियार बुझाउन सक्ने बताइएको छ । संकलन भएका हातहतियार सुरक्षित राखिने र निवार्चन पछि फिर्ता गरिने सूचनामा उल्लेख छ । स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य भएकोले जिल्ला भित्र ईजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध सूचनामा गरिएको छ । व्यक्तिले इजाजत प्राप्त गरेपछि हातहतियार राख्न पाउने व्यवस्था छ । तर ती हातहतियार निर्वाचनको बेला दुरुपयोग हुन सक्छन् । यसलाई मध्यनजर गरी हातहतियार बुझाउन आग्रह गरिएको प्रशासकीय अधिकृत औलाख बहादुर आलेले बताउनुभयो । उहाँले हातहतियार नबुझाएको खण्डमा खानतलासी गरी बरामद गरिने सुनाउनुभयो ।

Shares

Be the first to comment on "दोलखा प्रशासनको निर्देशनः हातहतियार बुझाउनु"

Leave a comment

Your email address will not be published.


*