दीक्षण समाचार
चरिकोट, फागुन २५
दोलखामा मंगलबारबाट नेकपा एमाले ब्युँताइएको छ । सर्वोच्च अदालतले सतारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला गरिदिएपछि एमाले ब्यँुताइएको हो । यसैबिच चरिकोटको सातदोबाटो चोक स्थित मनमोहन स्मृति प्रतिष्ठानको भवनमा रहेको नेकपा जिल्ला पार्टी कार्यालय नेकपा एमालेको बोर्ड राखिएको छ । मंगलबार नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको हो । २०७५ सालमा तत्कालिन एमाले र माओवादी केन्द्र एकता भई नेकपा गठन हुँदा नेकपा जिल्ला कमिटिको बोर्ड राखिएको थियो । तर त्यो बोर्ड हटाएर नेकपा एमालेको लेखिएको बोर्ड राखिएको जिल्ला कमिटी पार्टी अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताए ।
Be the first to comment on "दोलखामा एमालेले राख्यो पाटी कार्यालयमा ः नेकपा एमालेको बोर्ड"