दोलखा निजी घर निर्माणमा अग्रणी

दीक्षण संवाददाता
चरिकोट, १५ माघ
भुकम्पपछि निजी आवास पुर्ननिर्माणमा दोलखामा सबैभन्दा बढी घर निर्माण भएका छन् । भुकम्प गएको ३३ महिना बितिसक्दा दोलखामा अझै करिब ४८ हजार घरपरिवार जस्ताको टहरामा दिनरात गुजार्न बाध्य भइरहेका बेला पुर्ननिर्माण प्राधिकरणले सबैभन्दा बढी घर दोलखामै बनेको दाबी गरेको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखा जिल्ला समन्वय कार्यालयमा सचिवालय प्रमुख सागर आचार्यले भुकम्प प्रभावित १४ जिल्ला मध्ये निजी आवास निर्माणमा दोलखा १ नं.मै रहेको दाबी गरे । जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको छलफल कार्यक्रममा उनले दोलखामा लाभग्राही सूचिमा सुचिकृत ६२ हजार ८ सय ३३ लाभग्राहीमध्ये ५६ हजार ७ सय १० जनाले पहिलो किस्ता वापतको रकम लिएको जानकारी दिए ।
जिल्लामा करिब १५ हजारले मात्रै आवास निर्माण गरी घरको छानामुनि रहेकोमा अन्य ४७ हजार ८ सय ३३ घरपरिवार अझै जस्ताको टहरामा दिनरात गुजार्न बाध्य भएका हुन् । निर्माण सामाग्रीको संकट, मजदुर अभाव लगायतका कारणले पुर्न्निर्माण कार्यलाई अघि बढाउन नसकिएको पिडितहरुको गुनासो छ । जिल्लाका ५ हजार ३ सय ३७ जनाले मात्रै पहिलो किस्ता लिन बाँकी छ । उनले १० बढीको गुनासोको छानविन भइरहेको जानकारी दिए ।
२४ हजार ६ सय ९३ जनाले दोस्रो किस्ता वापतको रकम लिएका छन् भने तेस्रो किस्ता लिनेको संख्या ८ हजार ७ सय ७२ रहेको उनले जानकारी दिए । सरकारी तथ्यांकलाई हेर्दा पुर्न्निर्माण कार्यले सोचेजति गति लिन नसकेको देखिए पनि अहिले भने पुर्न्निर्माण कार्य तिब्र गतिमा अघि बढेको बताउनुभयो । उहाँका अनुसार करिब २६ हजार घर निर्माणको प्रक्रियामा रहेका छन् ।
दोलखामा गुनासो फारम भरेका २१ हजार लाभग्राहीमध्ये १० हजार लाभग्राहीको गुनासो फछ्र्यौट भैसकेको छ भने करिब ११ हजारको फछ्र्यौट हुन बाँकी रहेको छ । गुनासो फछ्र्यौटबाट आएका ५ हजार ३ सय ३७ लाभग्राहीलाई मात्रै पहिलो किस्ता वितरण गर्न बाँकी रहेको भुकम्पीय आवास पुर्न्निर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन ईकाई दोलखाका प्रमुख एकराज अअधिकारीले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखा निजी घर निर्माणमा अग्रणी"

Leave a comment

Your email address will not be published.


*