चरिकोट (दीस) –दोलखा चेम्बर अफ कमर्सले कोरोना भाइरस बच्नको लागि उद्योग व्यवसायीको स्वास्थ्य सुरक्षाको माग गरेको छ । आज जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुभmाँउदै देशका बिभिन्न जिल्लामा लकडाउन भएको अवस्थामा दोलखामा कोरोनाको असर पर्न नदिन प्रशासनसँग ज्ञापन पत्र बुझाएको दोलखा चेम्बर अफ कमर्सका महासचिब पाँडवसिंह पाँडेले बताए । दोलखामा निबार्धरुपमा अत्यावस्यक बस्तु बाहेक अन्य ब्यवसाय तल्काल बन्द गर्नु पर्ने अध्यक्ष विष्णु श्रेष्ठले बताए । दोलखामा व्यवसायीको स्वास्थ्य र सुरक्षाको लागि समन्वयकारी भुमिका खेल्न प्रशासनसँग श्रेष्ठले माग गरे । ज्ञापन पत्र बुझाउन कार्यक्रममा सचिब रुद्रजङग बुढाथोकी , बरिष्ठ उपाध्यक्ष विरशंकर शाही , कोषाध्यक्ष राजकुमार खडका लगायतको सहभागिता थियो । कमर्सले आजै सदरमुकाम चरिकोटको नविल बैक अगाडी सर्वसाधारणलाई सुविधा पुग्ने गरी सावुन र पानी टयाङ्की व्यवस्था गरेको जनाएको छ ।
दोलखा चेम्बर अफ कमर्सले ग¥यो व्यवसायीको स्वास्थ्य सुरक्षाको माग
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १० चैत्र २०७६, सोमबार १९:२०
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "दोलखा चेम्बर अफ कमर्सले ग¥यो व्यवसायीको स्वास्थ्य सुरक्षाको माग"