दोलखा चेम्बर अफ कमर्शले ग¥यो मदनदाश श्रेष्ठ र पुस्कर गुरुङलाई सम्मान

चरिकोट (दीस) –दोलखा चेम्बर अफ कमर्शले दोलखाका २ जना बरिष्ठ कलाकारलाई संम्मान गरेको छ । सम्मानित हुने कलाकार मदनदाश श्रेष्ठ र पुस्कर गुरुङ हुनु हुन्छ । शनिबार चेम्बरले गरेको बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको सचिब रुद्र बुढाथोकीले जानकारी दिनु भयो । चेम्बर अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा  भर्खरै निर्वाचित कांग्रेस दोलखा पार्टी सभापति बर्मा लामा र राप्रपा दोलखा अध्यक्ष राजन बहादुर शिवाकोटीलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ। कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर भरत केसी,बिभिन्न संघसंस्थाका प्रतिनिधिले नजिकिदै गरेको विजयी दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदनप्रदान, गरेका थिए ।

Shares

Be the first to comment on "दोलखा चेम्बर अफ कमर्शले ग¥यो मदनदाश श्रेष्ठ र पुस्कर गुरुङलाई सम्मान"

Leave a comment

Your email address will not be published.


*