चरिकोट । प्रतिनिधिसभातर्फ दोलखामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा माओवादी केन्द्रका गंगा कार्की ११ हजार २२० मत ल्याएर अघिल्लो स्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटी १० हजार ३११ मतका साथ दोस्रो स्थानमा छन् । कार्की र शिवाकोटीकाबीच ९०९ मतको अन्तर छ ।
२४ हजार ४९२ मत गणना गरिएकोमा ९५२ मत बदर भएका छन् ।
त्यस्तै प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर १ (१) मा नेपाली कांग्रेसका कुन्दराज काफ्ले १० हजार १७३ मतले पहिलो स्थानमा छन् भने उनलाई नेकपा एमालेका नरबहादुर श्रेष्ठ ८ हजार ३८० मतले पछ्याइ रहेका छन् ।
यस क्षेत्रमा २१ हजार ५२ मत गणना गर्दा ६३७ मत बदर भएका छन् ।
यता दोलखा १ (२) मा भने नेपाली कांग्रस वर्मा लामालाई उछिन्दै नेकपा एमालेका भरतबहादुर के.सी. पहिलो स्थानमा पुगेका छन् । २५ हजार ५४७ मत गनिएको मा दोलखा १ (२) बाट एमालेका के. सी. ११ हजार ४९१ मत ल्याएर अग्रस्थानमा पुगेका छन् । उनीसँग ११ हजार ४३९ मतका साथ नेपाली कांग्रेसका वर्मा लामा प्रतिस्पर्धा गरिरहेका छन् ।
यस क्षेत्रको बदर मत संख्या ९३२ छ ।
Be the first to comment on "दोलखा : कार्की अग्रस्थानमै , प्रदेशसभा १ मा काफ्ले र २ मा के.सी अगाडी"