दोलखा कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी

ईश्वर विश्वकर्मा,चरिकोट ः दोलखा सदरमुकाम चरिकोट स्थित जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्दा समस्या भएको छ । ५१ जना क्षमता रहेको सो कारागारमा एक सय ४४ जना कैदीबन्दी राखिएपछि समस्या भएको हो ।
निमित्त जेलर पदरमबहादुर केसीले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा उनीहरुमा स्वास्थ्य समस्यासँगै पानीको अभाव र सरसफाइ तथा शौचालयको समेत समस्या भएको बताउनु भयो । कारागारको क्षमता विस्तार नगर्ने तर क्षमता भन्दा बढी कैदीबन्दी राख्नाले व्यवस्थापनमा कठिनाई भएको उहाँको भनाई छ । उहाँले कारागारमा हिउँदमा पानीको अभाव हुँदा कैदीबन्दीलाई व्यक्तिगत सरसफाइ गर्न सकस हुने र स्वास्थ्य सम्बन्धी समस्याहरु उत्पन्न हुने गरेको बताउनु भयो । सरसफाइ अभावले कैन्दीबन्दीहरु छाला, स्वासप्रश्वास, पेटको समस्याबाट ग्रसित हुन थालेका उहाँको भनाई छ । कारागारमा कैदीबन्दी धेरै हुँदा सकस भोग्नु परेको कैदी अशोक केसीले बताउनु भयो । कैदीबन्दीहरूमा स्वास्थ्य समस्या देखिनुका साथै सुत्न, शौचालय जान, नुहाउन समेत कठिनाई भएको उहाँको भनाई छ ।
कैदीबन्दी बिरामी हुने क्रम नरोकिएको र महिनामा १० जनासम्मलाई उपचारका लागि जिल्ला बाहिर उपचार गर्न पठाउनु परेको कारागारका स्वास्थ्यकर्मी चन्द्र बहादुर खड्काले बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखा कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी"

Leave a comment

Your email address will not be published.


*