दोलखा उद्योग वाणिज्य सघंको नेतृत्वको लागि २ प्यानल सार्वजनिक

चरिकोट – दोलखा उद्योग वाणिज्य सघंको नेतृत्वको लागि व्यसायि विच आफ्नो हात पार्न दोलखाका व्यवसायी अहिले लागि उद्योगी व्यवसायीहरु दुई धारमा बाँडिएका छन् । यहि २८ गते हुने निर्वाचनका लागि आगामी ३ वर्षको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि प्यानल नै घोषणा गरी निर्वाचनका लागि दुवै समुहले प्रचारलाई तीव्रता दिएका छन् । संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्र श्रेष्ठको प्यानल चुनावी मैदानमा जाने अहिले घोषणा गरेका छन । दुवै समुहले छुटै प्यानल खडा गरी सोमबार र मंगलबार छुटछुटै पत्रकारसम्मेलन गरी आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।

सोमबार पत्रकारसम्मेलन गरी सुन्दर कार्कीले आगामी नेतृत्वका लागि आफ्नो समूहलाई भोट हाल्न आग्रह गरेका छन् । उनको समूहबाट गंगाबहादुर बुढाथोकी, दिनेश बस्नेत, दिनेश पाठक, बलराम थापा, बिकास श्रेष्ठ, भिमबहादुर श्रेष्ठ, रामकुमार खड्का, सरुना श्रेष्ठ, सुरेश उप्रेती, सुन्दर श्रेष्ठ, श्यामकृष्ण कायस्थ र हिमाल न्यौपाने रहेका छन् । यस्तै एशोसिएट सदस्यका लागि रामदास श्रेष्ठ , आरक्षण सदस्यतर्फ नविना लामा र अनिल रिजाल रहेका छन् ।

यस्तै मंगलबार बिहान पत्रकार सम्मेलन गरी ईन्द्रबहादुर श्रेष्ठको समूह पनि सार्वजनिक गरिएको छ । उनको समूहमा कुलप्रसाद पौडेल, गणेश शाहीठकुरी, दिनेश थापा, देवकृष्ण थापा, निलाकुमार श्रेष्ठ, मनोजकुमार श्रेष्ठ, विमल श्रेष्ठ, विवेक केसी, सनत थापा, सुरेन्द्र उप्रेती, हेमराज रिमाल, अनिता श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र नवराज रिजाल रहेका छन् । एक जना सदस्यको भने नाम सार्वजनिक गरिएको छैन् ।
अहिले २ दुवैले समुहले प्रचार प्रचारलाई जोड दिएका छन । चरिकोट तथा चुनाबमा क्षेत्रमा २ दुवै समुहले आफनो पक्षमा मत माग्न वेस्त छन् ।
अध्यक्षका लागि हालसम्म दुई जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्र श्रेष्ठ अध्यक्ष पदका लागि निर्वाचनमा होमिने भएका हुन् । उनीहरु अहिले आन्तरिक प्रचारमा व्यस्त हुन थालेका छन् ।

तीन वर्षअघि सम्पन्न निर्वाचनबाट मात्र १ मतले विजयी भएका अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा मुद्दा परेका कारण राम्रोसँग काम गर्न नपाएको भन्दै एक पटक फेरि अध्यक्षमा उठ्न लागेको बताउँदै आएका छन् । राम्रो काम गर्न चाहँदा चाहँदै पनि मुद्दा परेकाले कार्यकालभरि काम गर्न नपाएको उनको भनाइ छ ।

यस्तै महासचिव श्रेष्ठले लामो समयदेखि सङ्घमा बसेर काम गरेको भन्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेको बताएका छन् । तीन कार्यकाल सङ्घको कार्यसमिति सदस्यमा बिताएका श्रेष्ठल विताएका छन ।
अध्यक्षका प्रत्यासी दुवै जना हार्डवेयर व्यवसायी हुन् । अध्यक्ष कार्की होटल व्यवसाय गर्दै हार्डवेयर व्यवसायमा लागेका हुन् भने श्रेष्ठ सुरुदेखि नै हार्डवेयर व्यवसायी हुन् ।

उनीहरु दुवै पारिवारिक व्यवसायबाट अघि बढेका हुन् । अध्यक्षका प्रत्यासी कार्कीका जेठा दाइ सुदर्शन कार्की हाल नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य हुन् भने दोलखा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष हुन् । कार्की ग्रुपमार्फत आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका उनीहरु दोलखाका स्थापित व्यवसायी हुन् । उनी नेकपा निकटका व्यवसायी हुन् । उनलाई नेकपाले अघि सारेको हो ।

यस्तै अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठ दोलखाका स्थापित व्यवसायी पृथ्वी श्रेष्ठका भाइ हुन् । उनी दोउबा संघमा दुई कार्यकाल महासचिव भैसकेका छन । हार्डवेयर व्यवसायीमा श्रेष्ठ परिवारको एकछत्र राज छ । श्रेष्ठलाई लोकतान्त्रिक पार्टीले सहयोग गरेको छ । उनलाई नेपाली काङ्ग्रेसलगायत विभिन्न दलमा आबद्ध व्यवसायीहरुले साथ दिएका छन् ।दुई चर्चित व्यावसायिक परिवारबीच हुन लागेको प्रतिस्पर्धाले दोलखा अहिले तातेको छ । ती दुवै उम्मेदवारहरु व्यावसायिक परिवारका कान्छा सदस्य हुन् । ।

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य सघंको नेतृत्वको लागि २ प्यानल सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*