दोलखा उद्योग वाणिज्य संघका सदस्यलाई उपचारमा छुट

दोलखा, २२ जेठ
दोलखा सामुदायिक अस्पताल प्रालिले दोलखा उद्योग वाणिज्य संघका सदस्यहरुलाई उपचार सेवामा छुट गर्ने भएको छ । अस्पताल र दोलखा उद्योग वाणिज्य संघ बीच मंगलबार यसबारे सम्झौता भएको छ ।
दोलखा उद्योग वाणिज्य संघका सदस्यहरु र कर्मचारीले दोलखा सामुदायिक अस्पतालको ओपीडि सेवामा पूर्ण छुट पाउँने छन् । त्यसैगरी फार्मेसीमा ५ प्रतिशत र अन्य सेवामा २० प्रतिशत छुट दिने अस्पतालका अध्यक्ष अमृतबहादुर बुढाथोकीले जानकारी दिए । छुट सुविधा लिनका लागि अस्पतालमा सेवा लिन जाँदा व्यवसायी र कर्मचारीहरुले सदस्यता परिचय पत्र देखाउनु पर्ने सम्झौता पत्रमा उल्लेख छ ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीका अनुसार सम्झौता अवधी एक वर्षको हुने छ । आवश्यकता अनुसार हरेक वर्ष नवीकरण गर्न सकिने व्यवस्था गरेको उनले जानकारी दिए । अस्पतालको उक्त सेवाप्रति दोलखाका उद्यमी व्यवसायीहरु हर्षित भएको उनले बताए । यसबाट दोलखाका एक हजारभन्दा बढी दोलखा उद्योग वाणिज्य संघका सदस्यहरु लाभान्वित हुने छन् ।
१० वर्ष अघिदेखि सञ्चालनमा आएको अस्पतालमा डिजिटल भिडियो एक्स रे, एक्स रे, इसिजी सेवा, आधुनिक उपकरण सहितको प्रयोगशाललामा रगत, खकार, दिशा, पिसाव र वीर्य परीक्षण, आइथाराइड, जाँच, हड्डी तथा जोर्नी सम्बन्धिी फिजियो थेरापी सेवा लगातको सेवा रहेको अस्पतालका अध्यक्ष बुढाथोकीले बताए । अस्पतालमा विशेषज्ञहरुबाट सेवा सञ्चालन हुने उनले बताए ।

Shares

Be the first to comment on "दोलखा उद्योग वाणिज्य संघका सदस्यलाई उपचारमा छुट"

Leave a comment

Your email address will not be published.


*