दोलखा अस्पतालद्वारा भ्यान सेवा सुरु

ईश्वर बिश्वकर्मा-चरिकोट – दोलखा अस्पतालले विरामी बोक्न भ्यान सेवा सुरु गरेको छ । भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा बजारमा रहेर लामो समयदेखि स्वास्थ्य उपचार सेवा प्रवाह गरिरहेको दोलखा अस्पतालले बिरामीलाई लक्षित गरी भ्यान सेवा पनि सुचारु गरेपछि बिरामीले अन्य गाडीको विकल्पमा अस्पतालको भ्यानमा यात्रा गर्न पाउने भएका हुन् । अस्पतालले भ्यान सञ्चालन गरेसँगै सार्वजनिक यातायातको भन्दा दोब्बर भाडा तिरेर टेम्पो र बोलेरोमा यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ। अस्पतालले भिमेश्वर नगरपालिकाको सहकार्यमा बिरामीलाई अस्पताल आउनजानको लागि आठ सिट क्षमताको बा ६ च ३८६९ नम्बरको मारुती भ्यान सञ्चालन गर्न थालेको हो । अस्पतालका अनुसार बिरामीले एकतर्फी न्यूनतम ३० रुपैयाँ भाडा तिरेर भ्यानमा यात्रा गर्न पाउने छन् । अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले भ्यान सेवा सञ्चालनमा आइसकेकोले चरिकोट देखि अस्पतालसम्म आउन–जान बिरामीलाई सहज हुने भएको बताउनुभयो। “दिउँसो सार्वजनिक गाडी कमै चल्छन् । यस्तो अवस्थामा भ्यानले सेवा दिएर बिरामीलाई यात्रामा सहज बनाउने छ ।“ उहाँले भन्नुभयो।

Shares

Be the first to comment on "दोलखा अस्पतालद्वारा भ्यान सेवा सुरु"

Leave a comment

Your email address will not be published.


*