दोलखा अर्गानिक खाद्यभण्डार हो ः मन्त्री लामा

ईश्वर बिश्वकर्मा
चरिकोट, पौष १६
प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले दोलखा अर्गानिक खाद्यभण्डार भएको बताएका छन् ।
आजदेखि सुरुभएको दोलखा किवी महोत्सब तथा चरिकोट स्ट्रीट फुड फेस्टीबलको उद्धघाटन गर्दै अर्गानिक कृषिजन्य सामग्री उत्पादन हुने गरेकाले दोलखा अर्गानिक खाद्यभण्डार भएको बताएका हुन् ।
उनले अन्नबाली, फलफूल लगायत जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री अन्य स्थानको भन्दा फरक र उत्कृष्ठ रहेको बताए ।उनले अब दाेलखालाइ पाँग्रारिक बनाउन सबै किसान लाग्नुपर्ने बताए ।

साथै उनले दोलखा लगायत प्रदेशमै उत्पादन भएका कृषिजन्य उत्पादनहरुले बजार कम पाएकोमा आफुलाई चिन्ता लाग्ने गरेको र अब प्रदेश सरकारले कृषि उत्पादनको बजारीकरणमा विषेश कार्य गरिने बताए । साथै फलफुलको राजा किवी दोलखाबाटै विस्तार भएकाले जिल्लाको पहिचान नै किवी भएको बताए ।
उनले भ्रमण वर्षमा पर्यटन प्रर्बद्धनमा नेपालको मौलिक सांस्कृतिक पहिचानहरुको प्रर्दशन हुनुपर्नै बताए ।
अर्को प्रशंगमा मन्त्री लामाले दोलखाको विकासप्रति प्रदेश सरकारले चासो देखाएको बताए । उनले दोलखा राजधानीबाट नजिकै रहेपनि पछि परेकोमा आफु चिन्तित रहेकाले अब तिब्र विकासका लागि क्याबिनेट सँगै मुख्य मन्त्रीसँग पनि सो कुरा लाने बताए ।
त्यसैगरि जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले किवीको प्रर्बद्धनका साथै पर्यटक बृद्धिका निम्ती किवी महोत्सब गरिएको बताए ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई किवी महोत्सवमा किवीको स्वाद चाख्न र प्रसिद्ध भीमेश्वरको दर्शन गर्न आग्रह गरे ।
साथै विभिन्न गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधीले भ्रमण वर्षमा दोलखा घुम्न आउन पर्यटकहरुलाई निमन्त्रणा गरे ।
महोत्सवमा विभिन्न प्रजातिका किवी फल, किवी प्रशोधन गरि बनाइएका सामान, हस्तकलाका सामगी, चौँरीको छुर्पी लगायत विभिन्न फलफुलको स्टल राखिएको छ ।
महोत्सवमा विभिन्न सांस्कृतिक झाँकीसगैँ स्थानिय मौलिक पहिचान बोकेका कला प्रस्तुत गरिएको छ ।
नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा पर्यटन प्रर्बद्धनका लागि गरिएको किवी महोत्सब तथा चरिकोट स्ट्रीट फुड फेस्टिफलको मुख्य आयोजक भीमेश्वर नगरपालिका रहेको छ, भने जिल्ला समन्वय समिति र जिल्लाका ९ वटै स्थानीय सरकारको आयोजना रहेको छ । महोत्सब सातदिनसम्म चल्ने छ ।

Shares

Be the first to comment on "दोलखा अर्गानिक खाद्यभण्डार हो ः मन्त्री लामा"

Leave a comment

Your email address will not be published.


*