दोलखामा ९ हजार घुस सहित सव इन्जिनियर पक्राउ

चरिकोट–दोलखाको कालिन्चोक गाँउपालिका वडा नम्बर ९ स्थीत सुन्द्रावतीमा घुस लिदा लिदै अख्तियारको टोलीले सोमबार एक सव इन्जिनियरलाई पक्राउ गरेको छ । सो वडामा पुर्ननिर्माणमा खटाइएका राम नरेश यादबलाई रङगेहात ९ हजार घुस सहित अख्तियारको टोली पक्राउ गरेको प्रहरी निरिक्षक विनि महादेव पौडेलले जानाकारी दिए । स्थानीय रण बहादुर थामीसँग उनले घुस लिएका अख्तियारको टोलीले बताएको छ ।
स्थानीयको अबरोध
सव इन्जिनीयर निर्दोस रहेको भन्दै स्थानीय अख्तियारको टोलीलाई पक्राउ गर्न दिन भर अबरोध गरेका थिए । जिल्लाबाट थप फोर्स मगाएर पक्राउ गरी यादव लाई हेटौडा पठाइएको बताइएको छ ।

 

Shares

Be the first to comment on "दोलखामा ९ हजार घुस सहित सव इन्जिनियर पक्राउ"

Leave a comment

Your email address will not be published.


*