दोलखाका ७ जनाले नेपाली नागरिकता त्यागे

ईश्वर बिश्वकर्मा /चरिकोट, –दोलखामा साँढे तिन वर्षको अवधीमा ७ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म जिल्लाबाट नागरिकता लिएका मध्ये ७ जनाले अन्य मुलुकको नागरिकता लिने प्रक्रियामा रहेको भन्दै नेपाली नागरिकता त्याग गरेका हुन् । जिल्लाबाट नेपाली नागरिकता त्याग गर्नेमा दुई जना पुरुष र पाँच जना महिला रहेका जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । नागरिकता त्याग गर्नेमा जिल्लाको तामाकोशी गाउँपालिकाबाट दुई जना महिला र एक जना पुरुष, जिरी नगरपालिकाबाट दुई जना महिला, भीमेश्वर नगरपालिकाबाट एक जना पुरुष र विगु गाउँपालिकाबाट एक महिला गरि ७ जना व्यक्ति रहेको कार्यालयका सुचना अधिकारी प्रशासकीय अधिकृत औलाख बहादुर आलेले बताए । नेपाली नागरिकता त्याग गरेपछि मात्रै नागरिकता पाउने व्यवस्था भएका देशबाट नागरिकता पाउनका लागि जिल्लाबाट ७ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् । लामो समयदेखि डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेका व्यक्तिहरुले नागरिकता त्याग गरेको कार्यालयका नायब सुब्बा नारायण प्रसाद सुवेदीले बताए ।

Shares

Be the first to comment on "दोलखाका ७ जनाले नेपाली नागरिकता त्यागे"

Leave a comment

Your email address will not be published.


*