दीक्षण समाचार
चरिकोट, भदौ ४
दोलखामा शुक्रबार ५९ जनाको नमूना स्वाब परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालको पीसीआर प्रयोगशालामा १२ जनामा परीक्षण गर्दा चार जना र स्थानीय तहमा ४७ जनाको एन्टीजेन प्रविधिबाट नमूना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयको अनुसार संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालिकामा एक जना पुरुष र छ महिला, जिरी नगरपापिलकामा एक पुरुष र पाँच महिला, कालिन्चोक गाउँपालिकाबाट एक पुरुष, गौरीशंकर गाउँपालिकामा एक पुरुष, विगु गाउँपालिकामा एक महिला र तामाकोशी गाउँपालिकामा एक महिला रहेका छन् । यो सगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या चार सय ६८ पुगेको छ । स.ंक्रमितहरु मध्ये नौ जना चरिकोट अस्पतालको एचडीयुमा उपचाररत रहेका छन् । त्यसैगरी सिंगटी अस्पताल एक जना, तामाकोशी अस्पतालमा दुई जना आइसोलेसनमा रहेका छन् । चार सय ५६ जना होम आइसोलेसनमा कोरोना जित्न आशामा बसीरहेका छन् । शुक्रबार नै १४ जना कोरोना स.ंक्रमितलाई कोरोना मुक्त भएको घोषणा गरिएको छ । ति मध्ये जिरी नगरपालिकामा दुई पुरुष र दुइ महिला, तामाकोशी गाउँपालिकामा पाँच पुरुष र दुई महिला, कालिन्चोक गाउँपालिकामा उक पुरुष दुई महिला रहेका छन् ।
Be the first to comment on "दोलखामा ५९ जनामा परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि"