दोलखामा ४१ जनामा संक्रमण पुष्टि, ९९ जना संक्रमण मुक्त

दीक्षण समाचार
चरिकोट, भदौ ८
दोलखामा मंगलबार एक सय १३ जनाको नमुना स्वाब एन्टीजेन प्रविधीबाट परीक्षण गर्दा ४१ जनाको रिपोर्ट पोजेटीभ आएको छ । ती मध्ये सबैभन्दा बढी बैतेश्वर गाउँपालिकामा तीन पुरुष र ११ महिला, तामाकोशी गाउँपालिकामा आठ पुरुष र पाँच महिला, जिरी नगरपालिकामा चार पुरुष र दुई महिला, भीमेश्वर नगरपालिकामा तीन पुरुष र तीन महिला, कालिन्चोक गाउँपालिकामा एक पुरुष र विगु गाउँपालिकामा एक महिलाको रिपोर्ट पोजेटिभ आएको हो । यो सगैँ जिल्लामा दोस्रो चरणको कोरोना संक्रमणबाट तीन हजार ३ सय १९ जना संक्रमित भएका छन्। त्यसैगरी जिल्लामा सक्रिय संक्रमित चार सय २२ पुगेको छ ।
सक्रिय संक्रमित मध्ये चरिकोट अस्पतालमा आठ जना एचडीयुमा रहेका छन्, भने तामाकोशी अस्पतालमा एक जना आइसोलेसन वार्डमा रहेको बताइएको छ । बाँकी चार सय १३ जना होम आइसोलेसनमा कोरोना मुक्त हुने आशामा रहेको बताइएको छ ।
जिल्लामा कोरोना परीक्षणका लागि पीसीआर प्रयोगशाला भएपनि त्यहाँबाट रिपोर्ट प्राप्त नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबार ९९ जना संक्रमितलाई संक्रमण मुक्त भएको घोषणा गरिएको छ । संक्रमण मुक्त हुनेमा भीमेश्वर नगरपालिकामा ४१ जना पुरुष र २१ जना महिला, जिरी नगरपालिकामा तीन पुरुष र एक महिला, तामाकोशी गाउँपालिकामा नौ पूरुष र ११ महिला, कालिञ्चोक गाउँपालिकामा पाँच पुरुष र एक महिला बैतेश्वर गाउँपालिकामा तीन पुरुष र चार महिला रहेका छन् । यो सगैँ हालसम्म दुई हजार ८ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालयको आंकडामा दोस्रो लहरमा १३ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख छ ।

Shares

Be the first to comment on "दोलखामा ४१ जनामा संक्रमण पुष्टि, ९९ जना संक्रमण मुक्त"

Leave a comment

Your email address will not be published.


*