दोलखामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइयो

दीक्षण समाचार
चरिकोट, मंसिर १७
दोलखामा शनिबार विभिन्न कार्यक्रम गरी अपाङ्गता भएकाहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । ’समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि सृजनशीलताको प्रावधान, भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो । अपाङ्गता तथा दृष्टिविहीन समुदाय सेवा संघले भीमेश्वर नगरपालिकाको सहयोगमा दिवसको अवसरमा सदरमुकाम चरिकोटमा एक समारोहको आयोजना ग¥यो । सो समारोहमा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले उपप्रमुख बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकारको सम्मान तथा संरक्षण गर्दै उनीहरुको पहुँच र सुनिश्चितताका लागि तीन तहकै सरकारको भूमिका महत्वपूर्ण रहनुपर्ने बताउनु भयो । उहाँले विगतका वर्षहरुमा सीमित स्रोतसाधनका कारण नगरका तर्फबाट अपाङ्गता भएका व्यक्तिहरुको सबै माग पूरा गर्न सम्भव नभएको बताउँदै अबको पाँच वर्षमा उनीहरुको मागलाई विषेश प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरुद्धारा उत्पादित सामाग्रीको बजारीकरणका लागि नगरपालिकाले समन्वय र सहकार्य गरिदिने बताउनु भयो ।
अपाङ्गता तथा दृष्टिविहीन समुदाय सेवा संघका अध्यक्ष रामकृष्ण तामाङले अपाङ्गता भएका व्यक्तिहरुको उत्थानका लागि संघले निरन्तर काम गर्दै आएको र त्यसबाट अधिकांश लक्षित वर्गहरु लाभान्वित भएको सुनाउनु भयो । उहाँले संस्थाका विरुद्ध लाग्ने गरेका आरोपहरुलाई चिर्दै संस्थाले पारदर्शी ढंगले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक, सामाजिक, राजनीतिक उत्थानका हेत लागि परेको सुनाउनु भयो । दोलखा नेत्रहीन संघका अध्यक्ष रवि थामीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्यको तर्फबाट पर्याप्त ध्यान नपुग्दा अझै पनि धेरै अपाङ्गता भएका व्यक्तिहरु अधिकारबाट वञ्चित हुनु परेको गुनासो गर्नु भयो । उहाँले स्थानीय सरकारले पनि विभिन्न अवसरबाट अपाङ्गता भएका व्यक्तिहरुलाई वञ्चित गर्ने गरेको आरोप लगाउनु भयो । उहाँले अपाङ्गमैत्री संरचना निर्माणमा सरकार उदासिन हुँदा समस्या भएको बताउनु भयो । समारोहमा अपाङ्गता भएका विद्यार्थीहरुलाई अध्ययनका लागि सहयोग पुगोस् भनी पाँच हजार बराबरको स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।

Shares

Be the first to comment on "दोलखामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*