दीक्षण समाचार
चरिकोट, माघ २१
दोलखाको यो वर्ष १ सय ७५ मेट्रिक टन युरिया मल उपलब्ध हुने भएको छ । बागमती प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णय अनुसार कृषि सामाग्री कम्पनी लिमिटेडले दोलखाका लागि सो परिमाणको युरिया मल उपलब्ध गराउने भएको हो । भीमेश्वर नगरपालिका, बैतेश्वर र शैलुङ गाउँपालिकामा ३०÷३० मेट्रिक टन, मेलुङमा २५ मेट्रिकटन र गौरीशंकर गाउँपालिकामा २० मेट्रिक टन मल उपलब्ध हुने छ । यस्तै कालिञ्चोक र तामाकोशीकामा १५÷१५ मेट्रिक टन र विगु गाउँपालिकामा १० मेट्रिक टन यूरिया मल उपलब्ध गराइने कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय सिन्धुलीले जनाएको छ । स्थानीय तहमा खेती भइरहेको जमिनका आधारमा निर्धारण गरेको कोटाअनुसार मल उपलब्ध गराउन लागिएको कार्यालयका प्रबन्धक नवराज महतले बताउनु भयो । वर्षेनी रासायनिक मलको अभावमा किसानहरु पीडित हुँदै गइरहेको बेला कृषि सामाग्री कम्पनी लिमिटेडले मल उपलब्ध गराएपछि किसानहरुलाई राहत मिल्ने उहाँले बताउनु भयो ।
Be the first to comment on "दोलखामा १ सय ७५ मेट्रिकटन युरिया मल उपलब्ध हुने"