दोलखामा १ सय ५५ जनाले लगाए खोप

इश्वर बिश्वकर्मा
चरिकोट, माघ १४
दोलखामा बुधबार १ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । बुधबार सुभारम्भ गरिएको खोप अभियान अन्तर्गत पहिलो चरणमा १ सय ५५ जनाले खोप लगाएका हुन् । अग्रपंक्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाइकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स तथा शववाहन चालकले खोप लगाएका हुन् । जिल्लामा दुई वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको थियो ।

चरिकोट अस्पतालबाट ८० जना स्वास्थ्यकर्मी र जिरी अस्पतालबाट ७ जना गरि जिल्लाको ८७ जना स्वास्थ्यकर्मीले खोप लगाएका छन् । यसैगरि चरिकोट अस्पतालबाट २७ जना र जिरी अस्पतालबाट १२ जना गरि ३९ जना महिला स्वास्थ्य स्वयमसेविकाले खोप लगाएका छन् । यसैगरि चरिकोट अस्पतालबाट १४ जना र जिरी अस्पतालबाट ३ जना गरि १७ जना सरसफाइकर्मीले खोप लगाएका स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ। यसैगरि जिरी अस्पतालबाट २ जना एम्बुलेन्स चालक र चरिकोट अस्पतालबाट ९ जना अन्य कर्मचारीले खोप लगाएका छन् । कार्यालय प्रमुख विभु झाका अनुसार चरिकोट अस्पतालबाट १ सय ३१ जना र जिरी अस्पतालबाट २४ जनाले खोप लगाएका छन् ।

Shares

Be the first to comment on "दोलखामा १ सय ५५ जनाले लगाए खोप"

Leave a comment

Your email address will not be published.


*