दोलखामा १२ हजारले गराए आँखा परीक्षण

चरिकोटः दोलखामा गत वर्षको पुसदेखि हालसम्म १२ हजारभन्दा बढीले आँखाको परीक्षण गराएका छन् । सो अवधिमा सामुदायिक आँखा केन्द्र चरिकोट र दोलखा, ग्रामीण आँखा केन्द्र सिंगटी तथा ग्रामीण आँखा केन्द्र बैतेश्वरमा १२ हजार २ सय ६५ जनाले आँखाको परीक्षण गराएका हुन् ।
सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. विप्लव खड्काका अनुसार आँखा परीक्षणपछि एक हजार २ सय १८ जनालाई चस्मा र सात हजार ६ सय ६४ जनालाई औषधी वितरण गरिएको छ । आँखा केन्द्र दोलखामा सहुलियत मुल्यमा दुई सय ९ जनाको आँखाको शल्यक्रिया पनि सो अवधिमा गरिएको छ ।
सामुदायिक आँखा केन्द्र दोलखामा तीन हजार २ सय ७४ जनाले आँखा परीक्षण गरेकोमा चार सय ३४ जनालाई चस्मा र दुई हजार ४ सय ३० जनालाई औषधी वितरण गरिएको छ । सामुदायिक आँखा केन्द्र चरिकोटमा छ हजार १ सय ६६ जनाको आँखा परीक्षण भएकोमा दुई हजार ६८ जनाले चस्मा लगाएका र चार हजार २ सय ५३ जनाले औषधि लिएका सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. खड्काकाले बताउनु भयो ।
ग्रामीण आँखा केन्द्र सिंगटीमा तीन सय १५ जनाको आँखा परीक्षण भएकोमा दुई सय जनालाई चस्मा र दुई सय ७६ जनालाई औषधी वितरण गरिएको छ । बैतेश्वर आँखा केन्द्र मा आठ सय ९४ जनाको आँखा परीक्षण भएकामा तीन सय १० जनाले चस्मा र सात सय ५ जनाले औषधी प्रयोग गरेका सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. खड्काले बताउनु भयो । एक हजार ६ सय १६ जनाको आँखा शिविरमा परीक्षण गरिएको उहाँले बताउनु भयो । मोबाइल तथा कम्प्यूटरको अत्याधिक प्रयोगको कारण पछिल्ला बर्षहरुमा आँखाका बिरामी बढेका छन् । त्यस्तै बढ्दै गएको धुलोधुँवा र वायुप्रदूषणले आँखाको समस्या पनि बढ्दै गएको सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. खड्काले बताउनु भयो । पेट तथा टाउको दुखे तुरुन्तै अस्पताल जाने तर आँखाको समस्या आउँदा हेलचेक्यक्राइ गरेर बस्न नहुने उहाँले सुनाउनु भयो । आँखा सम्बन्धी समस्या पहिचान, उपचार तथा परामर्शको लागि जिल्लाको चार वटा आँखा केन्द्र सञ्चालनमा रहेको छ । ती केन्द्रहरुमा सहुलियत दरमा सेवा उपलब्ध हुने हुँदा सबैलाई सेवा लिनको लागि सामूदायिक आँखा केन्द्र दोलखाका डा. खड्काले आग्रह गर्नु भयो ।

Shares

Be the first to comment on "दोलखामा १२ हजारले गराए आँखा परीक्षण"

Leave a comment

Your email address will not be published.


*