बाबुराम शर्मा ÷चरिकोट –आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि दोलखामा मतदाता संख्या, मतदानस्थल र मतदान केन्द्रको टुङगोे लागेको छ । निर्वाचन आयोगले अन्तिम नामावली टुङगो लगाएसंगै जिल्लामा पनि मतदाता संख्या, मतदानस्थल र मतदान केन्द्रको टुङगो लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।यहाँ मतदाताको सङख्या ८० हजार ५१७ जना पुरुष र ७९ हजार ५७९ जना महिला गरी कुल एक लाख ६० हजार ९६ जना रहेका छन् । जिल्लामा ९४ मतदान स्थल रहने छन् भने १९३ मतदान केन्द्र रहेका छन् । सबभन्दा बढी २६ हजार ८३३ जना मतदाता रहेको भीमेश्वर नगरपालिकामा १७ मतदान स्थल र ३४ मतदान केन्द्र रहेका छन् कम १४ हजार ५८ जना मतदाता रहेको जिरी नगरपालिकामा १० मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् ।जिल्लाको कालिञ्चोक गाउँपालिकामा १८ हजार ६६१ जना मतदाता संख्या छन् भने १० मतदान स्थल र २१ मतदान केन्द्र रहेका छन् । गौरीशङकर गाउँपालिकामा १५ हजार ३४१ जना मतदाता छन् भने १२ मतदान स्थल र २० मतदान केन्द्र रहेका छन् । त्यसै गरी तामाकोशी गाउँपालिकामा १५ हजार ८३५ जना मतदाता रहेका छन् भने आठ मतदान स्थल र २० मतदान केन्द्र रहेका छन् । मेलुङ गाउँपालिकामा १८ हजार १५३ जना मतदाता रहेका छन् भने आठ मतदान स्थल र १९ मतदान केन्द्र रहेका छन् ।
१४ हजार ४२३ जना मतदाता रहेको बिगु गाउँपालिकामा १२ मतदान स्थल र २१ मतदान केन्द्र रहेका छन् ।वैतेश्वर गाउँपालिकामा १७ हजार ४६२ जना मतदाता रहेका छन् भने आठ मतदान स्थल र १९ मतदान केन्द्र रहेका छन् । १९ हजार ३३० जना मतदाता रहेको शैलुङ गाउँपालिकामा नौ मतदान स्थल र २२ मतदान केन्द्र रहेका छन् ।
Be the first to comment on "दोलखामा मतदाता १ लाख ६० हजार ९६ जना,१ सय ९३ मतदान केन्द्र,९४ मतदान स्थल"