दोलखामा सुनाखरीसहित तीन पुरुष पक्राउ

दीक्षण समाचार
चरिकोट, चैत्र २९
दोलखाबाट ८ केजी सुनाखरी अवैद्य रुपमा  गाडीमा राखेर काठमाडाैँ तर्फ गइरहेका तीन पुरुषलाई प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यालयमा बुझाएको छ । गाडीको डिकीमा सुनाखरी फेला परेपछि प्रहरीले गौरीशंकर गाउँपालिका वडा नं. १ जुँगुका २७ वर्षीय दिपेन्द्र खड्का, वडा नं. ४ का ४४ वर्षीय नारायण बहादुर कार्की र विगु गाउँपालिका वडा नं. ५ का ५३ वर्षीय नरबहादुर श्रेष्ठलाइ पक्राउ गरेको हो । २६ गते दिउँसो भीमेश्वर नगरपालिका वडा नं. ९ खरीढुँगामा बा ख ३ ख ९१८३ नम्बरको गाडी चेकजाँच गर्दा डिकीमा सुनाखरी फेला परेपछि सोको ओसापसारमा संलग्न भएकाे अाराेपमा उहाँहरूलाइ पक्राउ गरिएको र अनुसन्धानकाे लागि सोमबार डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा सुनाखरीसहित तीन पुरुष पक्राउ"

Leave a comment

Your email address will not be published.


*