दोलखामा सांस्कृतिक कार्यक्रम हुँदै

दीक्षण समाचार
चरिकोट, कार्तिक १०
दोलखाको सदरमुकाम चरिकोटमा स्थित पूरानो बजारमा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । हिन्दु धर्मावलम्बीको दोस्रो महान चाड दिपावली, छठ तथा नेपाल सम्बत ११४२ को अवसरमा लालीगुँरास युवा क्लबले कार्यक्रम आयोजना गर्न लागेको हो । कार्तिक १७ गते मत्छेगाउँ लाखे नाच बजार प्रदर्शन र १८ गते लाछी व्याण्डको फ्युजन सांगितिक साँझ तथा स्थानीय कलाकारको प्रर्दशन तथा १९ गते झाँकी ¥याली सहित शंखधर शाख्वाको मुर्तिमा माल्यार्पण गरिने कार्यक्रम रहेको युवा क्लबले जनाएको छ ।
यसैबीच शैलुङ गाउँपालिका–८ भैँसेमा कार्तिक १५ गते शैलुङ सांस्कृतिक उत्सव हुने भएको छ । गौरीशंकर च्छोरोल्पा मिडिया प्रालीले आयोजना गर्ने उक्त उत्सवमा काठे तथा लोक दोहरी क्षेत्रका ख्याति प्राप्त कलाकारको प्रस्तुति रहनुका साथै बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र समाजसेवी शोभित उप्रेतीको समेत सहभागिता रहने छ । उत्सवमा श्रष्टा, सर्जक र व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजक समितिका संयोजक प्रविन थपलियाले बताउनुभयो । कोरोना भाइरसका कारण दुई वर्ष देखी ठप्प रहेको सांस्कृतिक क्षेत्रलाई चलायमान बनाउनका लागि सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताइएको छ ।

Shares

Be the first to comment on "दोलखामा सांस्कृतिक कार्यक्रम हुँदै"

Leave a comment

Your email address will not be published.


*