दोलखामा सहकारीद्धारा अनलाइनबाट सर्वेक्षण फाराम भर्न सुरु

चरिकोट ,अनिल दहाल –जिल्लामा रहेका सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको सर्वेक्षण फाराम भर्न थालेका छन । कोभिड १९ (कोरोना) को असर पहिचानको लागि सदस्यहरूको अबस्था कस्तो छ भनेर यो फराम भर्न थालेका हुन । हाल जिल्लामा रहेका सहकारी संस्थाहरूले अनलाईन माध्यमबाट यो सेवा गरेका हुन । यसरी सर्वेक्षण गर्दा सदस्यहरूको अवस्था असर आदिको बारेमा थाहा हुने सहकारीले बताएको छ ।यसरी सर्वेक्षण गर्दा अबका दिनमा सहकारीले सदस्यहरूलाई कस्तो सेवा प्रदान गर्न संस्थाहरूले सर्वेक्षण सुरु गरेको सहकारीकर्मी भनाई रहेको छ ।सर्वेक्षणमा सदस्यहरुसंग सहकारी संस्थाबाट प्राप्त गरेका सेवाहरु तथा सुविधाहरु, संस्थाबाट लिएको ऋणका बारेमा बुझ्न खोजिएको छ ।
उक्त सर्वेक्षण फाराममा सदस्यहरूलाई विभिन्न प्रकार प्रश्न सोधिएको छ । परिवारमा कसैलाई कोरोना संक्रमण भए वा नभएको, कोरोना वीमा गरे वा नगरेको, परिवारका सदस्यको उमेर समूह त्यसैगरी ६० वर्ष भन्दा माथिका व्यक्तिहरुको सख्या, परिवारमा नियमित औषधि खानुपर्ने सदस्यहरुको सख्या, परिवारमा जोखिम समूहका व्यक्तिहरु जस्तै दिर्घरोगी, घातक रोगी, सुत्केरी, गर्भवती आदि जस्ता सदस्यको सख्याको सर्वेक्षबाट पहिचान गर्न खोजिएको छ । साथै कोरोनाभाईरसले सदस्यको पारिवारिक आर्थिक अवस्थामा पारेको असर र कोरोना भाइरसको अवस्थासँग सामना गर्न गरेको प्रयास अनि कोरोनाभाईरस वा लकडाउनको कारणले आम्दानीको स्रोतमा भएको परिवर्तनको बारेमा पनि सर्वेक्षण गर्न लागिएको छ ।
हाल यस्तो फारम भीमेश्वर नगरपालिकामा मिलिजुली साकोस , शिक्षक कल्याण साकोस बैतेश्वरका जनसचेतन साकोस ,जनमुखि साकोस आदिले यो सर्वेक्षण फाराम सुरू गरेका छन ।
यस सर्वेक्षण फाराममा सदस्यले दिएको जानकारीको आधारमा संस्थाले प्रदान गर्ने सेवाहरु सदस्य र सदस्यको परिवारको हित अनुकुल बनाउन सर्वेक्षण सहयोगी हुने संस्थाले अपेक्षा गरेको छ । सदस्यले लिङकमा गएर संस्थाले निर्माण गरेको फारम भरेर जानकारी दिन सकिने शिक्षक कल्याण साकोसका ब्यवस्थापक नवीन काफ्लेले बताए ।त्यस्तै जनमुखी साकोसका व्यवस्थापक भेष बहादुर मिजार भन्छन “यो बेला सदस्यमा ठुलो समस्या छ, यस्ता समस्यालाई हामीले हल गर्नुपर्छ ” । “सदस्यले के खोजेको छ त्यो बुझ्नुपर्छ ,ऋण तिर्नु भनेर ताकेता गर्न होइन, किन सदस्यले ऋण तिरेन भनेर बुझने हो ,सबै सदस्य भएको ठाँउमा पुग्न सकिँदैन, त्यसैले यो अनलाईन फाराम सुरू गरेका हौ ।” ब्यवस्थापक मिजार भने ।

Shares

Be the first to comment on "दोलखामा सहकारीद्धारा अनलाइनबाट सर्वेक्षण फाराम भर्न सुरु"

Leave a comment

Your email address will not be published.


*