दोलखामा सहकारीको साधारणसभा गर्न अध्यक्ष र व्यवस्थापक बिच अन्तरक्रिया

चरिकोट/अनिल दहाल –दोलखाका सहकारीका अध्यक्ष र व्यवस्थापक बिच सहकारी संस्थाको साधारण सभा कसरी भन्नेबारे अन्तरक्रिया भएको छ । जिल्ला सहकारी संघ दोलखा र सहकारीहरुको व्यवस्थापक मंन्च (सिएमएफ) दोलखाकाे आयोजनामा  सदरमुकाम चरिकाेटमा भएको अन्तरक्रियामा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले जिल्ला भित्र साधारणसभा सहकारी विभागको निर्देशनका आधारमा जिल्ला सहकारी संघले छुट्टै निर्देशन जारी गर्ने बताए । ।कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि दोलखाका भुमिराज खड्काले सहकारी संघरसंस्थाहरूले नीति विधि र प्रविधिमा र सहकारी विभागले जारी गरेको निर्देशनको आधारमा साधारण सभा सम्पन्न गर्न आग्रह गरे । बागमती प्रदेश सहकारी संघ लिका सचिव भिम प्रसाद दहालले पनि अनुकुलको आधारमा साधारण सभा सम्पन्न गर्न आग्रह गरेका थिए । नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्सकुनका सञ्चालक सदस्य जिवशराज खड्काले पनि यस परिस्तिथीमा भौतिक दुरी कायम गरी रेडियो तथा अन्य केही माध्यमबाट साधारणसभा सञ्चालन गर्नु पर्न बिचार व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष देवि शर्मा ,महासचिव कृष्ण प्रसाद दहाल ,सहकारीहरुको व्यवस्थापक मंन्च (सिएमएफ) दोलखाका अध्यक्ष ईस्वर न्यौपानेको सहभागिता रहेको थियो । जिल्ला सहकारी संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा  जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तक्रियामा दोलखाका सहकारी संस्थाहरूका अध्यक्ष र व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "दोलखामा सहकारीको साधारणसभा गर्न अध्यक्ष र व्यवस्थापक बिच अन्तरक्रिया"

Leave a comment

Your email address will not be published.


*