दोलखामा सडक दुर्घटना न्युनिकरण अभियान ः सवारीसाधनमा स्टिकर टाँसियो

इश्वर बिश्वकर्मा

दोलखामा सडक दुर्घटना न्युनिकरणका लागि बिहीबार सार्वजनिक तथा निजी सवारीसाधनमा ९ बुदेँ प्रतिबद्धतासहितको स्टिकर टाँसिएको छ ।
जिल्लामा सवारी चालकको लापरबाहीका कारण दिनहुँ दुर्घटना हुने गरेकाले चालकहरुलाई ट्राफिक नियम पालना गर्न प्रबिद्धता गराउने उदेश्यले स्टिकर टाँसिएको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भीमेश्वर नगर कमिटी, नेपाल टे«ड युनियन जिफन्टको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले संयुक्त रुपमा सवारी साधनहरुमा स्टिकर टाँसेको हो ।
स्टिकरमा सवारी चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाइने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, महिला, बालबालिका, अशक्त र बृद्धबृद्धालाई सम्मान गर्ने लेखिएकाले सोही अनुरुप सवारी चालकले पालना गर्ने जनाएका छन् ।
त्यसैगरि बालश्रम प्रयोग नगर्ने, तिब्र गतिमा सवारी नचलाउने, तोकिएकोभन्दा बढी भाडा नलिने, सबैसँग सभ्य भाषा प्रयोग गर्ने, ट्राफिक नियम पुर्ण रुपमा पालना गर्ने र स्टिकरमा भएबमोजिम पालना गर्ने सवारी चालकहरुले बताए । जिल्लाको सवारीसाधन चाप हुने स्थानमा पनि सो अभियान सञ्चालन गरिने जिफन्टले जनाएको छ ।
त्यसैगरि सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धि २ दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
बिहीबार विभिन्न सवारी चालक तथा सहचालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्लाका ५० ट्राफिक प्रहरी सवारी चालक तथा यातायात मजदुरहरुको सहभागिता रहेको जिफन्ट दोलखाका अध्यक्ष सागर सागर लामाले बताए । कार्यक्रम शुक्रबार सम्म जारी रहने छ ।

Shares

Be the first to comment on "दोलखामा सडक दुर्घटना न्युनिकरण अभियान ः सवारीसाधनमा स्टिकर टाँसियो"

Leave a comment

Your email address will not be published.


*