दीक्षण समाचार
चरिकोट, बैशाख १३
दोलखाका उद्योगी व्यवसायीहरुले एमालेलाई चुनावमा सघाउने भएका छन् । नेकपा एमाले उद्योग व्यवसाय विभागको नेतृत्वमा उद्योगी व्यवसायीहरु उम्मेद्वारहरुको जितका लागि परिचालित हुने भएका हुन् । सोका लागि व्यवसायीहरुले निर्वाचन परिचालन कमिटि नै खडा गरेका छन् । मंगलबार चरिकोटमा सम्पन्न बैठकले व्यवसायी दिनेश बस्नेतको नेतृत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । स्थानीय तहका विभिन्न पदका उम्मेदवारहरुको जितका लागि मतदाताको घरदैलो पुग्ने लगायत चुनावी गतिविधिमा सघाउने व्यवसायीहरुले बताएका छन् । बैठकमा एमाले पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, उपप्रमुख कमला बस्नेत लगायतकाे सहभागिता थियो ।
Be the first to comment on "दोलखामा व्यवसायी निर्वाचन परिचालन कमिटि गठन"