दीक्षण समाचार
चरिकोट, बैशाख १३
दोलखा सदरमुकाम चरिकोटमा विद्युतीय सुरक्षा सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण वागमती प्रादेशिक कार्यालयले आयोजनामा भएको तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका ६४ जना प्राधिविकको सहभागिता रहेको थियो । विद्युत दुर्घटनबाट बच्नको लागि कार्यस्थलमा खटिने प्राविधिकहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको हो । विद्युतीय सुरक्षा सम्बन्धि सचेतता अपनाई सुरक्षात्मक विधिबाट कार्यसम्पादन गर्नका लागि प्राविधिकहरुलाई प्रशिक्षणको आवश्यकता देखिएकोले तालिम सञ्चालन गरिएको बताइएको छ । कार्यस्थलमा खटिने कर्मचारीहरुले विद्युतीय उकरण जडान, मर्मत र सुधार गर्दा जोखिम मोल्नुपर्ने हुन्छ । त्यस्तो बेला सुरक्षात्मक विधिको पूर्ण अबलम्बन गरेमा जोखिम कम गराई दुर्घटनाबाट बची काम गर्न सकिन्छ । ती सबै विधिहरु थाहा नहुँदा कमीकमजोरीका कारण दुर्घटनाको शिकार हुनपरेको केही घटना पनि छन् । अब कर्मचारीले त्यसरी विद्युतीय दुर्घटनामा पर्न नपरोस र ज्यानै गुमाउने सम्मको जोखिम नहोस् भनी गरिएको तालिम प्रभावकारी भएको वितरण केन्द्र दोलखाका प्रमुख मेघनाथ ढकालले बताउनुभयो । तालिममा शैद्धान्तिक एवं व्यवाहरिक सीप र ज्ञान सिकाइएको छ । बिद्युतीय सुरक्षा उपकरणको प्रयोग एवं सुरक्षा नियमको पालना गरेर मात्र कार्य गरेमा दुर्घटनाबाट जोगिन सकिन्छ ।
Be the first to comment on "दोलखामा विद्युतीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न"