चैत ११, चरिकोट । सरकारले एकसाताको लागि आह्वान गरेको ‘लकडाउन’को अवज्ञा गर्ने १५ मोटरसाइकल, ३ गाडीलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान ५ बजेदेखि ‘लकडाउन’ गरेपछि चरिकोटमा अत्यावश्यक सवारी साधनबाहेक चलेका निजी मोटरबाइक १५ र ३ गाडीलाई नियन्त्रणमा लिईएको दोलखा प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
गैर जिम्मेवार व्यवहार देखाएका ३ जनालाई प्रहरीले ४ घण्टा नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर घर पठाएको डीएसपी पोखरेलले जानकारी दिए ।
‘लकडाउन’’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । चरिकोट, जिरी, मैनापोखरी र सिंगटीका मुख्य बजारमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तैनाथी सुरक्षा दिईरहेको छ भने फाट्टफुट्टबाहेक कोहि घुमफिरमा रहेका छैनन् । सबै पसलहरु बन्द छन् ।
नेपालको प्रचलित कानुनअनुसार ‘‘लकडाउन’’ उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।
Be the first to comment on "दोलखामा लक डाउन उल्ङघन गरेका १५ मोटरबाइक, ३ गाडी नियन्त्रणमा"