दोलखामा यसरी मनाईयो सहकारी राष्ट्रिय दिवश २०७५ फोटो सहित

बलराम के.सी

चरिकोट–“दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी”भन्ने मुल नाराका साथ ६२ औ राष्ट्रिय सहकारी दिवश २०७५ दोलखामा भव्य रुपमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लि. दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा भव्य ¥यालीको आयोजना गरी ¥यालीमा पञ्चेबाजाको साथै विभिन्न झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।

¥यालीमा सहभागिले सहकारीले अर्थतन्त्र सुधार गर्न सहयोग गरेको बताएका थिए । कोण सभालाई प्रदेश सभा सदस्यहरु पशुपति चौलागाई, विशाल खड्का,जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे,जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाई, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.काअध्यक्ष जिवसराज खड्का लगाएतले सम्बोधन गरेका थिए । दोलखा सदरमुकाम चरिकोट लगाएत आसपासमा रहेका विभिन्न सहकारी संघ÷संस्थाहरुका पदाधिकारी, विभिन्न समिति उपसमिति, कर्मचारीहरु, शेयर सदस्यहरु, विभिन्न पेशा व्यवसायमा संलग्न संयौको संख्यामा सहभागिता रहेको थियो । ¥याली चरिकोट बजार परिक्रमा गरि सातदोबाटोमा कोण सभामा परिणत भएको थियो । चरिकोटको अतिरिक्त दोलखाका प्रमुख स्थानहरु मैनापोखरी, जिरी, सिंगटी, तामाकोशी,बाघखोर लगायतका स्थानमा भव्य रुपमा मनाईएको छ ।
सन् १८४४ मा बेलायतबाट सुरु भएको सहकारी आन्दोलन नेपालमा वि.स २०१३ साल चैत्र २० गतेबाट सुरु भएको थियो । त्यसैको सम्झनामा बुधबार देशैभरी सहकारी कर्मीहरुले सहकारी दिवश मनाएका थिए । हाल नेपालमा ३४ हजार ५ सय भन्दा बढी सह्कारी संघ÷संस्थाहरु रहेका छन् । करिब ६७ लाख भन्दा बढी नागरिकहरु सदस्य रहेका छन् । सहकारी क्षेत्रले आर्थिक बिकास सुचाङ्कमा ५ प्रतिशतभन्दा बढी योगदान रहेको छ । दोलखामा भने एक राष्ट्रिय सहकारी बैंकको शाखा, एक नेफ्स्कुन फिल्ड कार्यालय, एक जिल्ला सहकारी संघ, पाँच वटा विषयगत जिल्ला सहकारी संघ, करिब ५२६ भन्दा बढी विभिन्न प्रकृतिका सहकारी संस्थाहरु रहेका छन् भने एक लाखनब्बे हजार भन्दा बढी शेयर सदस्य आवद्ध रहेका छन, ८ अरब भन्दा बढी पूँजी परिचालन गरी ६०० जनाभन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

 

Shares

Be the first to comment on "दोलखामा यसरी मनाईयो सहकारी राष्ट्रिय दिवश २०७५ फोटो सहित"

Leave a comment

Your email address will not be published.


*