दीक्षण समाचार ÷चरिकोट–दोलखामा आगामी संसदीय निर्वाचनको सुरक्षाका लागि आइतबारदेखि म्यादी प्रहरी छनौट प्रक्रिया सुरु हुने भएको छ । भदौ ३० देखि असोज ६ गते सम्म आह्वान गरिए बमोजिम म्यादी प्रहरीमा भर्ना हुन एक हजार १ सय ५४ जनाले दरखास्त दिएका छन् ।
दरखास्त दिएकाहरुको असोज १४ सम्म प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारिरीक तन्दुरुस्ती परीक्षा र मौखिक परीक्षा लिएर म्यादी प्रहरीमा छनौट गरिने प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक राजेश सिग्देलले स्थानीय निर्वाचनमा खटिएका पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मी भने स्वास्थ्य परीक्षण तथा शारिरीक तन्दुरुस्ती परीक्षामा सहभागी हुन नपर्ने बताउनु भयो । असोज २५ गते छनौट भएकाहरुको अन्तिम नामावली प्रकाशन गरिने र असोज ३० देखि कार्तिक ८ गते सम्म म्यादी प्रहरीलाई प्रशिक्षण दिइने छ । स्वच्छ, स्वतन्त्र, भयरहीत र शान्तिपूर्ण प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीसँगै म्यादी प्रहरी खटाइने छ ।
Be the first to comment on "दोलखामा म्यादी प्रहरी छनोट प्रक्रिया सुरु"