दोलखामा मिर्गौला पीडितलाई आर्थिक सहयोग

दीक्षण समाचार
चरिकोट, बैशाख १४
नेपाली कांग्रेस दोलखाको विपद् व्यवस्थापन समितिले मिर्गाैला रोगीलाई आर्थिक सहयोग गरेको छ । समितिले तामाकोशी गाउँपालिका वडा नं. ६ का मिर्गाैला पीडित चन्द्रबहादुर बिश्वकर्मालाई बुधबार दश हजार रुपैयाँ सहयोग गरेको हो । नेपाली कांग्रेस दोलखाका सहसचिव हरिशरण शिवाकोटीले का‌ग्रेस पार्टी कार्यालयमा अाउनुभएका पीडित बिश्वकर्मालाई चेक हस्तान्तरण गर्नुभयो । आर्थिक अवस्था कमजोर रहेका मिर्गाैला पीडित बिश्वकर्मालाई उपचारव्यस्थापनमा राहत मिलोस् भन्ने मानवीय उद्धेश्यले सहयोग गरिएको कांग्रेस सहसचिव शिवाकोटीले बताउनुभयो । विपद व्यवस्थापन समितिमा सहयोगको लागि अनुरोध प्राप्त भएपछि मानवीय दायित्व पूरा गर्दै मिर्गौला पीडित बिश्वकर्मालाई स्वास्थ्य लाभको कामनासहित सहयोग रकम प्रदान गरिएको सुनाउनुभयो । विपद् व्यवस्थापन समितिले यसअघि पनि दुर्घटनाका बिरामी, जटील रोगका बिरामी तथा प्राकृतिक प्रकोप पीडितलाई निरन्तर आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ । केही साता अघि भीमेश्वर नगरपालिका वडा नं. ३ का क्यान्सर पीडित कुलबहादुर तामाङलाई १५ हजार रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको समितिले जनाएको छ । विपतीमा परेका व्यक्तिलाई सहयोग गर्ने समितिले सहायता प्रदान गरी मानवीय धर्म निर्वाह गरिएको कांग्रेस सहसचिव शिवाकोटीले बताउनुभयो । विपतीमा परेका व्यक्तिले कांग्रेस वडा सभापतिलाई सहयोगको माग गरी निवेदन दिएपछि वडाको सिफारिसमा व्यक्तिको समस्याको गम्भिरता र आर्थिक अवस्था हेरी समितिले रकम सहयोग गर्ने गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा मिर्गौला पीडितलाई आर्थिक सहयोग"

Leave a comment

Your email address will not be published.


*