इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २०
मानव अधिकार राष्ट्रिय कार्ययोजना र बालअधिकारको अवस्था विषयक सराेकारवलासँग अन्तरसंवाद कार्यक्रम दाेलखाकाे सदरमुकाम चरिकाेटमा बिहीबार सम्पन्न भएको छ । विभिन्न संघसंस्थाको सहकार्यमा भीमेश्वर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा मानव अधिकार आयोगका बागमती प्रदेश प्रमुख यज्ञ प्रसाद अधिकारीले मानव अधिकार सम्बन्धि पाँचौँ राष्ट्रिय कार्य योजना अन्र्तगत स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले गर्नुपर्ने कामको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । मानव अधिकार सुनिश्चिताको लागि स्थानीय सरकार, प्रहरी, प्रशासन लगायत मानव अधिकारकर्मीले विषेश भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । उनले अन्य जिल्लाले मानव अधिकार र बालअधिकारको क्षेत्रमा गरेका असल अभ्यास र प्रयासहरुको जानकारी समेत दिएका थिए ।
भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले मानवअधिकारको क्षेत्रमा नगरले गरेका प्रयासहरुको बारे जानकारी गराएका थिए । यही प्रयास स्वरुप नगरबाट १२ जना र अन्य पालिकाबाट २ जना गरी दोलखाबाट १४ जना सहयोगापेक्षी सडक मावनको उद्धार गरि मानव सेवा घर र मानव सेवा आश्रममा जिम्मा लगाइएको बताए । त्यस्तै १ जना अभिभावक र दृष्टिविहिन बालकको उद्धार गरी अपाङ्ग सेवा संघ ललितपूरमा संरक्षण र पालनपोषण सहितको व्यवस्थाका लागि जिम्मा लगाइएको, बालमैत्री नगर घोषणा गरिएको, बालअधिकार सुनिश्चिताको लागि विभिन्न कामका प्रयास गरिएको, राष्ट्रिय मानव अधिकार कार्ययोजनाका सूचकहरु पूरा गर्ने प्रयास जारी राखेको लगायतका विषयमा जानकारी दिए । भीमेश्वर नगरपालिकाले नगरपालिकामा चूनौतीबीच पनि जेष्ठ नागरिकको सम्मानमा नागरिक मिलन केन्द्र निर्माण गर्ने काम सुरु गरेको, अपाङ्गता भएका व्यक्तिहरुको हेरालुलाई वार्षिक १२ हजार रुपैयाँ दिइएको, नागरिकहरुलाई गम्भिर प्रकृतिका रोग लागेमा एकपटक १० हजार रुपैयाँ दिइने गरिएको, समयमै जन्मदर्ता गरे १ हजार रुपैयाँ पोषण भत्ता दिइने गरिएको उनले बताए । कार्यक्रमका वक्तहरुले संविधानले निर्दिष्ट गरेका अधिकार प्राप्ति, उपभोग र लाभान्वित हुनका लागि सबै मानिसहरुसम्म अवसरहरुको पहँुच र उपलब्धता सूनिश्चित गर्न प्रतिबद्धता जनाएका थिए । नगरप्रमुख भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराई, विद्यालय शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालका नरेन्द्र दंगोल, राष्ट्रिय मानव अधिकार आयोग महाशाखाका प्रमुख दिपकजङ्ग कार्की, सिविन नेपालका अध्यक्ष माधव प्रधान, बालबालिका शान्ती क्षेत्र अभियानका मधु दवाडी र जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक भेषराज रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Be the first to comment on "दोलखामा मानव अधिकारबारे अन्तरसंवाद"