दोलखामा मनोसामाजिकका रोगी बढ्दै

इश्वर विश्वकर्मा/ चरिकोट, –मानिसलाई रम्ने र रमाउने बाटोमा कोरोना र निषेधाज्ञाा तगारो बन्यो । साथीभाई तथा आफन्तसँंग घुमेर मुड फ्रेश गर्ने अवस्था छैन । स्थानीय तहले लाखौं करोडौं खर्चेर पार्क बनाएका छन् । त्यहाँ गएर टिकटकमा छमछम नाच्ने नचाउने वातावरण छैन् । फुटबल, भलिबल लगायतका खेल खेल्न चाहनेहरुको चाहना पुरा हुन असम्भव छ । पहिले खेलाडीले भरिभराउ हुने खेल मैदान अहिले घाँस बिरुवा उम्रिएर घारीमा परिणत हुन थालिसकेको छ । सांस्कृतिक तथा साँगितिक कार्यक्रम हुन नसक्दा कलाकारहले आफ्नो कला प्रस्तुत गर्न पाएका छैनन् । अनि उनीहरुको प्रस्तुतिबाट सर्वसाधारणले मज्जा लिन पाएका छैनन् । ज्येष्ठ नागरिकको एकआपसमा भेट हुन नपाउँदा मनका कुरा मनमै गुम्सिएका छन । स्कुले बालबालिकाहरु पढ्न खेल्न रमाउन पाएका छैनन् । मोबाइल हुनेहरु यसैमा लिप्त हुँदा अनाहकमा समयमा खेर गईरहेको छ । कोरोना महामारीले धेरैलाई बिरामी पारिदिएको छ । कोरोना रोग एक तर चुनौती र समस्या अनेक खडा भएको छ । नयाँ नयाँ स्वरुपमा देखा परिरहेको कोरोनाले इच्छा र चाहना अनुसारको सम्पुर्ण कार्यका लागि ढोका बन्द गरिदिदाँ खुशी हराएर हरेक उमेर समुहका सबै कर्ममा लागेका मानिसलाई डर, चिन्ता, दिक्दारी, छटपट्टी, उदासीनता बढ्न थालेको छ । चरिकोट अस्पतालमा दैनिक पाँच देखि छ जना मानिसहरु मनोसामाजिक समस्या लिएर आउने गरेका छन् । उनीहरूलाई डक्टरको सिफारिसमा औषधीका साथै परामर्श सेवा उपलब्ध गराउने गरिएको मनोविमर्श कक्षका मनोविमर्श कर्ता सुनिता जिरेलले बताउनुभयो । मनोसामाजिक समस्या हुनै नदिन आफूलाई मन लागेको कार्य गर्ने, स्वस्थकर खानेकुरा सेवन गर्ने, सकरात्मक सोच्ने, मनमा लागेका कुरा अरुलाई सुनाउने, निरन्तर सिर्जनात्मक काम गरिरहने, योग ध्यान र व्यायाम गर्नुपर्ने उहाँले बताउनुभयो । मनोसामाजिक समस्या देखा परेमा समयमै उपचार नगरे मानसिक सन्तुलन गुम्ने हुन सक्छ । यदी मनोसामाजिक समस्या लक्षण देखा परेमा प्रारम्भिक चरणमै चिकित्सकसँग सल्लाह लिई परामर्श तथा औषधी सेवनबाट समाधान हुने मनोविमर्शकर्ता जिरेलले बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा मनोसामाजिकका रोगी बढ्दै"

Leave a comment

Your email address will not be published.


*