दोलखामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

दीक्षण समाचार
चरिकोट, बैशाख २४
दोलखालाई निर्वाचन अवधिभरका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण बनाउन मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।
निषेधित क्षेत्र घोषणा गरिएकोले बैशाख २४ गते मध्यराती देखि मिति २०७९ साल जेष्ठ ३ गते मध्यराती सम्म मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको सूचना जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को खण्ड (क) बमोजिम जिल्लाको सम्पुर्ण भागलाई मादक पदार्थ निषेधित क्षेत्र घोषणा गरिएको सूचनामा उल्लेख छ ।
मदिरा सेवनका कारण जिल्ला शान्तिसुरक्षामा चुनौती हुने र मतदाता तथा निर्वाचन नै प्रभावित हुने सम्भावित जोखिमहरुलाई मध्यनजर गरी जिल्लामा मदिरा बिक्री, वितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो । निर्वाचनको बेला मादक पदार्थ सेवन गर्ने र गराउने कार्य हुँदा आचारसंहिता उल्लंघन हुने, हिंसात्मक तथा अपराधिक घटना हुन्छ । त्यस्तो हुन नदिने उद्धेश्यका साथ निर्वाचन अवधिभर मदिरामा कडाइ गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
राजनीतिक दलसहितको सर्वपक्षीय छलफलले सम्भावित जोखिम हुन नदिन मादक पदार्थ बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको र सूचनामार्फत आदेश जारी गरिएको हो । उक्त आदेशको कोही कसैबाट उल्लघंन गरिएमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइएको छ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहीत बनाउन जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरेको र सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

 

Shares

Be the first to comment on "दोलखामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध"

Leave a comment

Your email address will not be published.


*