दोलखामा भेडा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप दिन थालियो

दीक्षण समाचार
चरिकोट, माघ २५
दोलखामा भेडा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाउन थालिएको छ । जिल्लाको ९ वटै पालिकामा मंगलबारबाट फागनु २ गतेसम्म अभियान नै सञ्चालन गरी भेडा बाख्रालाई खोप लगाउन सुरु गरिएको हो । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखा मार्फत टोलटोलमा खोप अभियान सुरु भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डाक्टर निशान्त शर्माले खोप अभियानका लागि जिल्लामा ४० जना प्राविधिक परिचालन भएका जानकारी दिनुभयो । पीपीआर भेडा बाख्रामा लाग्ने घातक संक्रामत रोग हो । पीपीआर रोग लागेमा भेडा बाख्रा मर्ने सम्मको स्थित आउँछ । त्यो अवस्था आउन नदिन एक मात्र उपाय रोग विरुद्धको खोप लगाउनु हो । पीपीआर रोग विरुद्धको खोप अभियान जिल्लामा वर्षेनी सञ्चालन भईरहेको छ । सरकारले २०५८÷०५९ देखि राष्ट्रिय पीपीआर रोग नियन्त्रण कार्यक्रममार्फत् भेडाबाखा्रलाई वर्षेनी रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा भेडा बाख्रालाई पीपीआर रोग विरुद्धको खोप दिन थालियो"

Leave a comment

Your email address will not be published.


*