दोलखामा भारी मतान्तर ,बाम गठबन्धन विजयी

चरिकोट–गत मंसिर १० मा भएको प्रतिनिधी सभा तथा प्रदेशसभाको निर्वाचन दोलखामा प्रत्यक्ष तर्फ मत गणना सकिएको छ । प्रतिनिधी सभामा एक सिट दोलखामा बामगठबन्धनको उम्मेदार पार्बत गुरुङले उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस रुद्र खडका भन्दा ३० हजार १ सय ५३ मत अन्तरले बढी मत ल्याई बिजयी भएका छन । अन्तिम नतिजा अनुसार गुरुङले ५५हजार ९ सय ५४ मत पाएका छन भने खडकाले २५ हजार ८०१ मत पाएका थिए । प्रदेशसभातर्फ पनि वाम गठवन्धन र कांग्रेसका उम्मेदवार िबच भारी मतको अन्तर रहेको छ । प्रदेशसभा क तर्फ वाम गठवन्धनका उम्मेदवार विशाल खड्का १५ हजार ३ सय ९४ मतान्तरले पछाडी पार्दै बिजय भएका छन । खड्काले २८ हजार ३ सय ५० मत पाएका छन् भने कांग्रेसका वर्मा लामाले १२ हजार ९ सय ५६ मत मात्रै पाएका छन् ।
प्रदेसभा ख मा पनि वाम गठवन्धनका उम्मेदवार पशुपति चौलागाई दोव्वर मत ल्याए बिजय भएका छन । पशुपति चौँलागाईले २३ हजार ५८ मतका ल्याएका छन भने कांग्रेसका उम्मेदवार केशवराज चौँलागाईले १० हजार ८ सय ८० मत पाएका छन् । उनीहरुबीच १२ हजार १ सय ७८ मतको अन्तर भएकोछ ।
नेकपा मालेका उम्मेदवार लालकुमार केसीले पनि ३४ सय ४ मतका ल्याएकाछन ।

 

Shares

Be the first to comment on "दोलखामा भारी मतान्तर ,बाम गठबन्धन विजयी"

Leave a comment

Your email address will not be published.


*