दोलखामा बैंकको सेवालाई नियमित रुपमा सुचारु गर्न निर्देशन

चरिकोट (दीस) –दोलखा जिल्ला भित्रका बैंकको सेवालाई नियमित रुपमा सुचारु गर्नु पर्ने भएको छ । दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न कोभिड –१९ जोखिम न्युनिरण जिल्ला समन्वय समितको बैठकले सबै बैंकहरुलाई नियमित रुपमा सुचारु गर्न निर्देशन गर्ने निर्णय गरेको छ । सरकारले लकडाउनको अबधीमा बैंकले नियमित सेवा दिनु पर्ने उल्लेख गरिएको दोलखामा बैकका बिभिन्न शाखाले बिभिन्न बाहाना बनाउँदै नियमित बैंकको सुचारु नगर्दा सेवा ग्राहीले मर्का भोग्दै आएका छन् ।
त्यसैगरी बैठकले बन्दाबन्दिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए । कृषि सामाग्री,मल,बीउ तथा विकास निर्माणका लागि आवश्यक पर्ने सामाग्री ढुवानिलाई भने सहज बनाउने निर्णय बैठकले गरेको छ ।

जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा सरोकारवालाहरु सहितको सहभागितामा सम्पन्न भएको बैठकले जिल्ला भित्र विकास निर्माणका कार्यको ढुवानीका लागि सवारी पास स्थानीय तहले व्यवस्था गर्ने र जिल्ला बाहिरका सवारी पासको लागि जिल्ला प्रशासन कार्यालयले व्यवस्था गर्ने निर्णय गरेको छ । यसै गरी बैठकले जिल्ला भित्रने सवारी साधानहरुलाई डिसइन्फेक्सन छर्कने निर्णय गरेको छ । उक्त कार्यको भीमेश्वर नगरपालिकाले चरिकोटमा आजबाट नै सुरु भैसकेको र तामाकोशी गाउँपालिकाको किर्नेटारमा सुरु गर्ने बैठकले निर्णय गरेको समितिका प्रमुख पाण्डेले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा बैंकको सेवालाई नियमित रुपमा सुचारु गर्न निर्देशन"

Leave a comment

Your email address will not be published.


*